काठमाडौँ । नेपाली काँग्रेसका नेता नैनसिंह महरले काँग्रेसको पुनर्जागरणका लागि अब सामान्य उपचारले सम्भव नभएकाले शल्यक्रिया नै आवश्यक रहेको बताएका छन्।
पुरानो अनुहार मात्र देख्दा राजनीतिक प्रक्रियाप्रति नैराश्यता बढ्न सक्ने भएकाले अब नयाँलाई अवसर दिनुपर्ने उनको माग छ।
उनले अहिलेको पदाधिकारीप्रति पनि ४ प्रश्न उठाएका छन्।
उनले प्रस्ताव छ, ‘चुनावमा गठबन्धन निर्णय गर्ने, टिकट बाँड्ने, ओली सरकार हुँदा संयन्त्रमा रहने सबैले अहिलेको अवस्थामा आएकोमा जिम्मा लिनुपर्छ’ भन्ने स्वीकारोक्ति आवश्यक छ। यो नैतिक शुद्धीकरणको पहिलो पाइला हो। पार्टीले सत्ताका लागि गरिएका अप्राकृतिक गठबन्धन, नातावादमा आधारित टिकट वितरण, र सिद्धान्त विपरीतका राजनीतिक सहकार्यले पुर्याएको चोटलाई सामूहिक रूपमा स्वीकार गर्नुपर्छ।’
उनले पार्टीबाट तीन पटक सांसद र केन्द्रीय समितिमा रहेका, दुई पटक मन्त्री भएका, ७० वर्ष उमेर पुगेका र अवसर पाएर सार्वजनिक जीवनमा प्रश्न उठेका नेताहरूले बिदा हुनुपर्ने प्रस्ताव अघि सारेका छन्।







