काठमाडौँ । बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४५.३६ अंक घट्यो । सो अंकको कमीपछि नेप्से २५५९ अंकमा कायम भएको छ ।
प्रिओपनमा ५ अंक बजार बढे पनि नियमित कारोबार सुरु भएपछि बजार लगातार घटिरह्यो । दिउँसो १ : ४१ बजे नेप्से २५३५ अंकसम्म झरे पनि त्यसपछि सामान्य सम्हालियो । १८ कम्पनीको मूल्य बढ्यो भने २३२ को घट्दा एउटाको स्थिर रह्यो ।
आज फाइनान्स र होटेल समूह सबैभन्दा धेरै ३र३ प्रतिशत घटेको छ ।







