२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखराको पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत

अ+ अ-

काठमाडौँ । पोखरा पर्यटन परिषद्ले पोखराको पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको छ । 

परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वमा पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधिसहितको टोलीले गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालसमक्ष जेनजी आन्दोलनका क्रममा पर्यटन क्षेत्रमा भएका क्षतिको प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा पोखराका विभिन्न १० वटा होटेल तथा व्यावसायिक संस्थामा ठूलो क्षति भएको उल्लेख गरिएको छ । 

प्रतिवेदनअनुसार पोखराको होटेल सरोबरमा रु एक अर्ब, बगैँचा रिसोर्टमा ४० करोड, होटेल गुडविलमा २० करोड, पोखरा इभेन्ट सेन्टरमा १९.५ करोड, अङ्शुभरा कम्लेक्समा रहेका पसल तथा व्यवसायमा रु. आठ करोड, बरपीपल रिसोर्टमा तीन करोड र होटेल एडम प्रालिमा एक करोड क्षति भएको अनुमान गरिएको छ ।

त्यस्तै, होटेल ल्याण्डमार्कमा रु. २५ लाख, सामुदायिक सेवा केन्द्र बैदाममा १२ लाख, मन्त्र थकालीमा पाँच लाखको क्षति भएको अनुमान गरिएको छ । उक्त क्रममा उक्त संस्थामा जोडिएका विभिन्न कार्यालय, बैंकका साथै कतिपय होटेलमा स्वदेशी एवं विदेशी पर्यटकका सामानमा पनि क्षति भएको परिषद्ले जनाएको छ ।

पर्यटकीय यामको सुरुआतकै समयमा भएको आन्दोलन एवं आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनका कारण समग्र पर्यटन क्षेत्रमा परेको असर आउँदो पर्यटकीय याममासमेत पर्ने देखिएको भन्दै परिषद्ले यस विषयमा संवेदनशील भई व्यवसायी बचाउनका लागि अनुरोध गरेको छ ।

“विगतमा पनि कोभिड-१९ ले आक्रान्त बनाउँदा गण्डकी प्रदेश सरकारले बिनाब्याज रू. १५ लाख बराबरको व्यवसायी जीवनरक्षा कर्जा उपलब्ध गराई व्यवसायीलाई राहत प्रदान गरेको थियो”, परिषद्ले प्रतिवेदनमा भनेको छ, “वर्तमान परिप्रेक्ष्यमासमेत अविलम्ब व्यवसायी जीवन रक्षा कर्जा उपलब्ध गराई पर्यटन व्यवसाय बचाउनका लागि हार्दिक अनुरोध गर्दछौँ ।”

समस्याको दीर्घकालीन समाधान गर्ने र पीडित पर्यटन व्यवसायीलाई उचित क्षतिपूर्ति दिलाउने तर्फ गण्डकी प्रदेश सरकार तथा सम्बन्धित निकायले आवश्यक पहलकदमी लिइ तत्काल समस्याको समाधान गर्नका लागि आग्रह गरिएको छ ।

भेटका क्रममा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रको पुन:उत्थानका लागि पर्यटन मन्त्रालय अन्तर्गतका पूर्वाधारतर्फबाट बजेटलाई कटौती गर्दै प्रवर्द्धनका क्षेत्रमा लगाउन आग्रह गरिएको छ । त्यस्तै टुक्रे योजनाका बजेटसमेत कटौती गरी पर्यटन क्षेत्रमा नै लगानी गर्न पनि आग्रह गरिएको परिषद्का महासचिव जीवन सापकोटाले जानकारी दिए।