२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायल-हमास युद्धविराममा सहमति, चाँडै बन्धक रिहा हुने ट्रम्पको घोषणा

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबिच आफ्नो शान्ति योजना अनुरूप इजरायल र हमासबीच युद्धबिराम भएको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएका हुन् ।

‘इजरायल र हमास दुवै पक्षले हाम्रो शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएका छन्।’ट्रम्पले भने ‘यसको अर्थ सबै बन्धकहरू अब छिट्टै मुक्त गरिनेछन्, र इजरायली सेना शान्ति सम्झौता अनुसार सहमति गरिएको रेखासम्म फिर्ता हुने छ।’ उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा यस्तो लेखेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो सम्झौतालाई ‘इजरायलका लागि ऐतिहासिक दिन’ भन्दै यसलाई अनुमोदन गर्न बिहीबार मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

हमासले पनि सम्झौताको पुष्टि गर्दै ट्रम्प र संलग्न देशहरूलाई इजरायलले सम्झौताका सबै प्रावधानहरू पूर्ण रूपमा पालना गर्ने सुनिश्चित गर्न आग्रह गरेको छ।

अक्टोबर ७ मा भएको इजरायलमा हमासले गरेको आक्रमणमा १,२०० जनाको मृत्यु भएको थियो, जसमध्ये धेरैजसो इजरायली नागरिक थिए। यसको अतिरिक्त, २५१ जनालाई बन्धक बनाइएको थियो । तिनैमध्ये एक नेपालमा विपिन जोशी पनि छन् । इजरायली आक्रमणमा अहिलेसम्म ६६ हजार १५८ प्यालेस्टिनीहरू मारिएका छन् ।