काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपकुलपति र का.मु. रजिस्ट्रारसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
बिहीबार आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
उनीहरू माथि गैर कानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
हेर्नुहोस् पत्र







