काठमाडौँ । माइतीघरबाट दिउँसो पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलेको छ ।
अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणको क्रममा भुसालले गाँजा खाएको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार भुसाललाई सुधार केन्द्र ‘रिह्याव सेन्टरमा’ राख्ने सर्तमा परिवारको जिम्मा लगाइएको छ ।
जेनजीमाथि धोका भएको भन्दै आज निकोलस माइतीघरमा आन्दोलन गर्न पुगेका थिए । केही समूहले आजको प्रदर्शन फिर्ता गरेको अवस्थामा माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
आज ४४ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । त्यसमध्ये ८-१० मात्रै छुट्न बाँकी छन् ।







