काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।
कम्पनीले आज एक सूचना जारी गर्दै सहायक व्यवस्थापक सीए, सहायक व्यवस्थापक एक्चुरी र सहायक सूचना प्रविधि पदमा ७ जना कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।








