२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार जना एआइजीलाई दर्ज्यानी चिन्ह प्रदान

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले दर्ज्यानी चार जना एआइजीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन्। 

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । 

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा सुशील सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन्

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । संगठन प्रति पुर्‍याएको योगदान, जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेसागत दक्षता एवम् कार्यकुशलताको मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई आफ्नो अनुभव, विवेक र नेतृत्वबाट समग्र संगठनको विकास र संगठनको वृहत्तर हितका लागि सामूहिक भावनाका साथ कार्यसम्पादन हुने विश्वास उनले व्यक्त गरे । 

प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीको विकल्प भनेको अझ सुधारिएको नेपाल प्रहरी नै भएको उल्लेख गर्दै विगतमा भएका कमी कमजोरीको विश्लेषण गरी अझ परिष्कृत र नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले नेपालको संविधान र विद्यमान ऐन कानुनको परिधि भित्र रही देशमा शान्ति सुव्यवस्था एवम् कानुन कार्यान्वयन गर्न अझ धेरै उत्प्रेरित भई व्यावसायिक निष्ठाका साथ इमानदार एवम् कर्तव्यनिष्ठ भई आ(आफ्ना जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।