काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीका पुराना नेताहरू सबैले बिदा लिनुपर्ने प्रस्ताव राखेकी छन् ।
पार्टी सचिवालय बैठकमा लिखित मन्तव्य राखेकी शाक्यले पुराना जतिले बिदा लिनुपर्ने प्रस्ताव प्रस्तुत गरेकी हुन् ।
‘पुरानाले जतिले बिदा लिनुपर्ने प्रस्ताव राख्नुभएको छ,’ बैठक स्रोतले भन्यो, ‘अहिलेकै नेतृत्वले पार्टी अगाडि बढ्न नसक्ने उहाँको निष्कर्ष छ ।’
शाक्यले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर सहज निकास दिनुपर्ने पनि बताएकी छन् । एमाले बैठकमा शाक्यले ओलीको पहिलो पटक राजीनामा मागेकी हुन् ।
‘भोलिपल्ट सरकार जाँदै छ भन्ने पत्तो भएन । अनि षडयन्त्र भनेर मात्र हुँदैन,’ शाक्यले ओलीलाई भनिन्, ‘नैतिक जिम्मेवारी लिएर तपाईँले सहज निकास दिनुस् । अरूलाई अगाडि बढाउनुपर्छ ।’







