२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व मानसिक स्वास्थ्य दिवस-२०२५ र सान्दर्भिक कुराहरू

अ+ अ-

पृष्ठभूमि
विश्व मानसिक स्वास्थ्य दिवस हरेक वर्ष अक्टोबर १० तारिखका दिन विश्वभर मनाइन्छ। विश्व स्वास्थ्य सङ्गठनको पहिलो स्थापना दिवस सन् १९५० देखि अप्रिल ७ तारिखमा विश्व स्वास्थ्य दिवस मनाउन सुरु गरिएको हो भने धेरै वर्षपछि अर्थात् सन् १९९२ सालदेखि मात्र विश्व मानसिक स्वास्थ्य दिवस मनाउन थालिएको हो।
हुनत विश्व स्वास्थ्य सङ्गठनले आफ्नो स्वास्थ्यको परिभाषामा शारीरिक, मानसिक र सामाजिक रूपमा पूर्ण स्वस्थ हुनुलाई नै स्वास्थ्य भनेको छ। अर्थात् स्वास्थ्य भन्नाले माथि उल्लिखित तीनवटा आयाम सन्तुलित हुनुपर्छ भन्ने बुझिन्छ। तथापि हामीले जतिसुकै स्वास्थ्यका कुरा गरे पनि ती प्रायः शारीरिक स्वास्थ्यसँग मात्र सम्बन्धित छन्। स्वास्थ्यमा उत्तिकै महत्वपूर्ण स्थान ओगटेको मानसिक स्वास्थ्य खासै चर्चा र प्राथमिकतामा नपर्नुका कारण मानसिक स्वास्थ्यलाई उपेक्षा गरिएको देखिन्छ।
हाल आएर अधिकांश शारीरिक रोगहरूको जड पनि मानसिक अस्वस्थताका कारण हुनेगर्छ भन्ने कुरा अनुसन्धानबाट पुष्टि भएपछि मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्न थालिएको छ। अझ स्वास्थ्यको अर्को महत्त्वपूर्ण पाटो सामाजिक स्वास्थ्यको कुरा त टाढाको विषय बनेको छ। तर अहिले जीवनशैली व्यवस्थापनका कुराहरूसँगै मानसिक र सामाजिक स्वास्थ्यका प्रसङ्ग बढी उठ्न थालेका छन्।

यस वर्ष विश्व मानसिक स्वास्थ्य दिवस “विपत्ति र आपतकालीन अवस्थामा मानसिक स्वास्थ्य सेवामा पहुँच” भन्ने मुख्य विषयवस्तुसहित मनाइँदै छ। यस वर्ष तय गरिएको यो विषयवस्तुले द्वन्द्व, प्राकृतिक प्रकोप र स्वास्थ्य सङ्कटहरू जस्ता आपतकालीन अवस्थामा मानसिक स्वास्थ्य सबैभन्दा बढी प्रभावित हुन सक्ने हुँदा त्यस्ता अवस्थामा सबैमा मानसिक स्वास्थ्य सेवाको पहुँच पुग्नुपर्छ भन्ने चेतना जगाउने उद्देश्य राखेको छ।
यस्ता अवस्थामा ५ जनामध्ये १ जना व्यक्ति मानसिक स्वास्थ्य समस्यामा पर्नसक्ने सम्भावना रहेको तथ्यलाई मध्यनजर गर्दै सबै व्यक्तिलाई लक्षित गरी मानसिक स्वास्थ्य सम्बन्धी सेवा सञ्चालन गर्नुपर्ने देखिन्छ।
नेपालसहित संसारका १४० भन्दा बढी देशका लिखित संविधानमा स्वास्थ्यलाई नैसर्गिक अधिकारका रूपमा व्यवस्था गरिएको छ। तथापि संविधानमा यस्ता प्रावधान भए पनि के संसारका सबै मानिसले आफ्नो अधिकारको सदुपयोग गर्न पाएका छन् वा सबैका पहुँचमा स्वास्थ्य सेवा पुगेको छ त भन्ने विषयमा अब व्यापक बहस आवश्यक देखिन्छ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर यस लेखमा स्वास्थ्यलाई जन्मसिद्ध अधिकार मानिँदै स्वास्थ्य सेवा प्राप्तिको वास्तविक अवस्था के कस्तो छ भन्ने विषयमा छलफल गर्ने प्रयास गरिएको छ।

मानसिक स्वास्थ्यको अवस्था
विश्वमा मानसिक स्वास्थ्यको अवस्था हेर्दा करिब १ अर्ब (जम्मा जनसंख्याको १२–१३ प्रतिशत) भन्दा बढी व्यक्ति मानसिक रूपमा अस्वस्थ छन् (विश्व स्वास्थ्य सङ्गठन, २०२५)। तीमध्ये चिन्ता, निराशा (डिप्रेसन) र लागूपदार्थ सेवनका कारण सबैभन्दा बढी पीडित छन्, जसका कारण युवाहरूमा मृत्युको प्रमुख कारण आत्महत्या बन्न पुगेको छ।
विश्वमा १४ प्रतिशत किशोरले मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् भने ९.३ प्रतिशत किशोरीहरू प्रभावित भएका छन्।
९१ प्रतिशत व्यक्तिले मानसिक रोगको उपचार पाएका छैनन्, जबकि जम्मा २ प्रतिशत मात्र बजेट मानसिक स्वास्थ्यमा छुट्याइएको छ।

नेपालमा कुल जनसंख्याको करिब ४ प्रतिशत व्यक्तिमा मानसिक समस्या देखिएको छ (राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०२०)। यसलाई तनाव, बेरोजगारी र सामाजिक दबाबले बढाएको छ भने चिन्ता र निराशा मुख्य मानसिक समस्याका रूपमा रहेका छन्। १३–१७ वर्षका किशोर–किशोरीमध्ये ५.२ प्रतिशत प्रभावित छन् भने बालबालिकामध्ये करिब १७ प्रतिशतमा भावनात्मक र व्यवहारिक समस्या देखिएको छ।
यसबाट आत्महत्याको दर बढ्दै गएको छ भने ८० प्रतिशत व्यक्तिले उपचारको पहुँच पाएका छैनन्।
२५ प्रतिशत स्वास्थ्य संस्थामा मात्र मानसिक स्वास्थ्य सेवा उपलब्ध छ, २ प्रतिशतभन्दा कम बजेट मानसिक स्वास्थ्य सेवामा छुट्याइएको छ र १६ प्रतिशत स्वास्थ्यकर्मी मात्र यस विषयमा तालिम प्राप्त छन्।
यसबाट स्पष्ट हुन्छ कि नेपालमा मानसिक स्वास्थ्य सेवालाई अझै पर्याप्त प्राथमिकतामा राखिएको छैन।

स्वास्थ्य सेवामा पहुँच
अहिलेको उत्तर–आधुनिक युगमा प्रविधिको प्रगतिले मानिसलाई हरेक क्षेत्रमा जानकार र सचेत बनाएको छ। स्वास्थ्यका सन्दर्भमा पनि मानिस अझ सशक्त रूपमा नयाँ अनुसन्धानमा जुटिरहेको छ।
अङ्ग प्रत्यारोपणदेखि प्रयोगशालामै शिशु जन्माउन सक्ने क्षमतासम्मको उपलब्धिले स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याएको छ भन्ने सकिन्छ।

तर स्वास्थ्य क्षेत्रमा यति प्रगति हुँदै जाँदा पनि मानिसले स्वास्थ्य सेवाको कति उपयोग गर्न सकेका छन् भन्ने प्रश्न अझै रहन्छ।
दुनियाँमा अहिले पनि हुने खाने र नहुने खानेबीच ठूलो खाडल छ। स्वास्थ्य सेवा अत्यधिक महँगो भएकाले नेपालीजस्ता गरिब र पिछडिएका समुदायका लागि साधारण स्वास्थ्य सेवासम्म पुग्न कठिन छ।
कठिन भौगोलिक अवस्था, गरिबी, अशिक्षा, परम्परागत उपचार पद्धति र सांस्कृतिक कारणहरूले मानिसहरूले अझै स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सकेका छैनन्।
धनी वर्गका लागि स्वास्थ्य सेवा पाउन सामान्य भए पनि आर्थिक रूपमा कमजोर वर्गका लागि यो दुर्लभ अवसर सरह छ।
संसारका धेरै देशहरूमा आज पनि सामान्य औषधि र जीवनजलको अभावमा मानिसहरूले जीवन गुमाइरहेका छन्। पर्याप्त भोजन नपाएर कुपोषणका कारण मृत्यु हुनेहरूको सङ्ख्या घट्ने सट्टा बढ्दै गएको तथ्याङ्कले अशिक्षा र आर्थिक कमजोरीको अवस्था झल्काउँछ।
यिनै विषयलाई सम्बोधन गर्दै सबैको पहुँचमा मानसिक स्वास्थ्यको सन्देश यस वर्षको दिवसमा मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ।

यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवसको सन्देश
सबै मानिसले गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा, सूचना, शुद्ध खानेपानी, स्वच्छ हावा, उत्तम पोषण, सुरक्षित आवास र कार्यस्थलको वातावरण प्राप्त गर्न पाउनुपर्छ। साथै, सबै भेदभावबाट स्वतन्त्र हुन पाउनु पनि आधारभूत स्वास्थ्यका अङ्ग हुन्।
तर विश्वमा थोरै प्रतिशत मानिसले मात्र यस्ता सुविधा उपभोग गर्न पाएका छन्।

त्यसकारण, यो दिवस मनाउनुका मुख्य सन्देशहरू यस्ता छन् —

  • सबै वर्ग (बालबालिका, गरिब, पिछडिएको वर्ग, वृद्ध, अपाङ्ग, शरणार्थी) का लागि मानसिक स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने,
  • आपतकालीन अवस्था (युद्ध, आन्दोलन, प्राकृतिक प्रकोप, महामारी, भोकमरी) मा मनोसामाजिक सहयोग पुर्‍याउने,
  • तनाव व्यवस्थापन, सहयोग र विशेष उपचार सेवा प्रदान गर्ने,
  • समुदाय, विद्यालय, स्वास्थ्यकर्मी तथा सरकारी निकायहरूलाई एकजुट भई सेवा प्रवाहमा सहभागी गराउने, र
  • स्वास्थ्य सेवामा लगानी बढाएर स्वास्थ्य सेवा प्रणालीलाई सबल बनाउने।

विश्व स्वास्थ्यको वर्तमान अवस्था
हाल विश्वभर देखा परिरहेका नयाँ–नयाँ रोगहरू र प्राकृतिक प्रकोपका कारण धेरै मानिसको मृत्यु भइरहेको छ भने बाँचेकामध्ये धेरैजसो अपाङ्ग र मानसिक समस्याबाट ग्रस्त छन्।
यससँगै द्वन्द्व, हत्या, हिंसा, आतंक, लडाइँ, झगडा, हतियारको होड आदिले विश्व अस्थिर बन्दै गएको छ।

यी सबै क्रियाकलापले पृथ्वीमा वातावरणीय असन्तुलन ल्याएका छन् —
जलवायु परिवर्तन, पशुपन्छीको विनाश, जमिनको उर्वरामा ह्रास, खेतीपातीमा प्रतिकूल प्रभाव, ओजोन तहको क्षय, र सूर्यका हानिकारक किरणहरू पृथ्वीमा सोझै पर्ने अवस्था बनेको छ।
औद्योगिक क्रान्तिपछि वातावरणमा अतिक्रमण बढ्दै गएकाले कार्बन डाइअक्साइडजस्ता हानिकारक ग्यासहरू बढेका छन्, जसले वायु प्रदूषण र श्वास–प्रश्वासका रोगहरू निम्त्याएका छन्।
त्यसैगरी हरितगृह प्रभावका कारण पृथ्वीको तापक्रम बढ्दै गएको छ। विश्व तापवृद्धिका कारण हिमालका हिउँ पग्लिएर समुद्र सतह बढ्ने खतरा छ।
समुद्रको सतह थोरै मात्र बढेपनि त्यसबाट उत्पन्न हुने प्राकृतिक विपत्तिबाट जनधनको अपूरणीय क्षति हुनेछ।

वायु प्रदूषणले अम्लीय वर्षा हुने सम्भावना पनि बढाएको छ, जसले वनस्पति, पशुपन्छी, खेतीपाती र मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउनेछ।
यदि अवस्था यस्तै रहिरहे कीटजन्य रोगहरू बढ्ने, विकिरणका कारण मानिसको वंशाणु (जिन) नै प्रभावित हुने र भविष्यमा रोगी सन्तान जन्मने सम्भावना छ।
यी सबै कारणले मानव सभ्यता नै जोखिममा पर्नसक्ने अवस्था देखिन्छ।

यस्ता आपतकालीन परिस्थितिमा शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक स्वास्थ्य पनि गम्भीर रूपमा प्रभावित हुन्छ।
फलस्वरूप चिन्ता, निराशा, हत्या, आत्महत्या, लुटपाट, डकैतीजस्ता घटनाहरू बढिरहेका छन् — यी सबै मानसिक अस्वस्थताका लक्षण हुन्।

यदि मानसिक स्वास्थ्यमा देखापर्नसक्ने यस्ता समस्याहरूको समयमै पहिचान गरी सामाजिक सद्भाव र एकता कायम राख्दै सबैको पहुँचमा मनो–परामर्श सेवा तथा विशेष उपचारको व्यवस्था गर्न सकियो भने केही हदसम्म भए पनि मानिसको जीवन गुणस्तरीय बन्न सक्ने थियो।


डा. नरनाथ पाण्डे
(प्राध्यापक, मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोती, नवलपुर;
सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक तथा जीवनशैली व्यवस्थापनमा विद्यावारिधि)
कावासोती–८, नवलपुर