२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजस्व कार्यालयबाट आजदेखि सेवा सुरु

अ+ अ-

जनकपुरधाम । जेन जेडको प्रदर्शनका क्रममा जनकपुरधामस्थित आन्तरिक राजस्व कार्यालयका भौतिक संरचनामा क्षति भएपछि सेवा बन्द भएकामा आजदेखि राजस्व संकलन तथा सेवा प्रवाह सुरु गरिएको छ । भौतिक सामग्रीको खरिद, मर्मतसम्भार, सरसफाइ तथा रङ रोगन गरी कार्यालय नियमित रूपमा सञ्चालन गरिएको सो कार्यालयले जनाएको छ । 

गत भदौ २३ तथा २४ गतेको जेन जेडको प्रदर्शनका क्रममा जनकपुरधामस्थित विभिन्न कार्यालयमा तोडफोड तथा आगजनीको भएको थियो । भदौ २४ गतेको आगजनी तथा तोडफोडका कारण करिब रु. दुई करोड ५० लाख बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएका कार्यालय प्रमुख आनन्दप्रसाद गुप्ताले जानकारी दिए । 

उनका अनुसार उक्त प्रदर्शनका क्रममा कार्यालय हाताभित्र रहेका चारपाग्रे दुई वटा सवारी तथा पाँच वटा मोटरसाइकल, फर्निचर, कम्प्युटर, ल्यापटप तथा कागजपत्र, राजस्व स्टिकर, पाले घरलगायत कार्यालयका कोठा जलेर नष्ट भएका छन् ।

क्षतिग्रस्त कार्यालय मर्मतसम्भार गरिएपछि बिस्तारै सेवा सुरु गरिएको कार्यालय प्रमुख गुप्ताले बताए । उनका अनुसार सेवाग्राही पनि राजस्व बुझाउन आउन थालेका छन् ।

यसैबीच सात वर्षपछि आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । कार्यालय प्रमुख  गुप्ताका अनुसार आव २०८१/८२ मा  वार्षिक लक्ष्य रु चार अर्ब ८८ करोड ६८ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु. चार अर्ब ९० करोड ४३ लाख संकलन भएको हो । 

लामो समयदेखि राजस्व नतिर्ने एक सय २५ व्यावसायिक फार्मलाई कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । उनका अनुसार हालसम्म कारबाहीमा परेकामध्ये १० वटा व्यावसायिक फार्मबाट रु. चार करोड ३० लाख राजस्व संकलन भएको हो ।