२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जमिन भासिएपछि सुरक्षित आश्रयको खोजीमा छन् हायु परिवार

अ+ अ-

सिन्धुली । कमलामाई नगरपालिका-१ सिम्लेमा जमिन भासिएर बस्ती नै जोखिममा परिरहेको छ । यहाँ हायु समुदायको मात्रै बसोबास रहेको छ ।

शुक्रबार जिल्ला सुरक्षा समितिको टोली निरीक्षण गर्न यहाँ पुग्यो, तर प्रभावित हायु परिवारमा कुनै उत्साह थिएन । प्रभावित परिवार स्थलगत निरीक्षणमा पुगेका सरकारका प्रतिनिधिहरूसँग सहयोगको याचना गरे । यद्यपि, सरकारबाट तत्कालै केही हुन्छ भनेर पूर्ण रूपमा आशावादी हुन सकेनन् ।

यसको कारण थियो, यहाँ न पहिलो पटक जमिन भासिएको हो, न त पहिलो पटक सरकारी टोली आएको हो । अघिल्लो वर्ष पनि उसैगरी सरकारका प्रतिनिधिहरू यहाँ निरीक्षण गर्न पुगेका थिए, तर जोखिम क्षेत्रमा बसोबास गरिरहेका प्रभावित बस्तीका समस्या न्यूनीकरणका लागि पहल नभएकाले कुनै उत्साह नआएको प्रभावित हायु परिवारको गुनासो छ ।  

“जमिनचिरा–चिरा परेर फाटेको छ । जमिन सरेर बस्ती ढल्किएको छ । कुन समय माटो सोरिएर तल पहिरो खस्छ ठेगान छैन । हामी त्रासै-त्रासमा छौँ । पानी पर्न थालेपछि डरले मुटु काम्न थाल्छ”, प्रभावित पूर्णिमाया हायुले भनिन्, “हाम्रो दुःख हेर्न त सरकार आउँछ, तर हालसम्म दुःख हटाउन केही गरेको छैन ।”

पूर्णिमायाजस्तै कमलामाई नगरपालिका-१ सिम्लेका १५ घरका हायु परिवारको पनि त्यस्तै गुनासो छ । गत वर्ष लगातार भएको वर्षापछि यहाँको जमिन भासिएर बस्ती जोखिममा परेको थियो । यो क्रम रोकिएको छैन । जोखिम झनै बढेको छ । “घरको आधा भाग झुकेको छ । जमिन फाटेको छ । धान खेत, बस्ती सबै सरेर तल झर्दै गएको छ । कहाँ जाने ? आफूसँग भएको जग्गा, जायजेथा सबै यहीँ छ”, स्थानीय फूलकुमारी हायुले दुखेसो पोखिन्।

वडा नं १ का अध्यक्ष नरेश गोलेले सिम्लेको हायु बस्ती एक वर्षदेखि जोखिममा रहेको र सुरक्षित आश्रय स्थलको अभावमा अझै पनि जोखिमपूर्ण बस्तीमा बस्न बाध्य रहेको बताए । उनले भने, “यो समस्या नयाँ होइन । अघिल्लो वर्षदेखि नै यहाँका २०० भन्दा बढी व्यक्ति प्रभावित छन् । यही असोज १७ देखि २१ असोजसम्म परेको अविरल वर्षापछि जमिन थप भासिँदै गएको छ । बस्तीको संरचना नै अस्थिर बन्दै गएपछि स्थानीयवासी अत्तालिन थालेका छन् ।”

वडाध्यक्ष गोलेका अनुसार जोखिममा रहेका सबै घरको सूची बनाएर अघिल्लो वर्ष नै नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको छ । सम्बन्धित निकायलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि स्थलगत निरीक्षणबाहेक थप प्रगति नभएको उनको भनाइ छ । “जोखिम क्षेत्रमा बसिरहनु खतरनाक हुन्छ, त्यसैले अब बस्ती स्थानान्तरण गर्नुको विकल्प छैन । समस्याको दीर्घकालीन समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य अत्यावश्यक छ”, वडाध्यक्ष गोलेले भने। 

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले यहाँको अवस्थाबारे सम्बन्धित निकायमा प्रतिवेदन पठाएर समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने आश्वासन दिए । उनले भने, “बस्ती जोखिममा छ । हायु परिवार त्रासमा छन् । सरकार हाम्रो साथमा छ भन्ने अनुभूति दिलाउन जोखिममा रहेका बस्ती पुगेर प्रभावित व्यक्तिलाई भेटेर संवाद गरेका छौँ ।  समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । अब तत्कालै विपद् व्यवस्थापन समितिको बैठक बसेर थप निर्णय गर्नेछौँ।”

नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले पनि समस्याको दीर्घकालीन समाधानका लागि नगरपालिकाले पनि आवश्यक समन्वय र पहल गरिरहेको बताए । 

प्रकृतिलाई पूजक हायु समुदाय यति बेला विपत्तिको चपेटामा छ । वर्षौँदेखिको थातथलो नै जोखिममा परेपछि प्रभावितहरूले स्थानीय, प्रदेश र संघीय सरकारसँग सहयोगको याचना गरिरहेका छन् । हरेक हिसाबले पछाडि परेको यो लोपोन्मुख जातिको अस्तित्व बचाउन सरकारले जतिसक्दो छिटो दीर्घकालीन समस्या समाधानका लागि सुरक्षित पुनर्वासको व्यवस्थापनमा जोड दिनुपर्ने स्थानीयको माग छ ।