२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शरणार्थी शिविरमा लागुऔषध कारोबारको आरोपमा आठ जना पक्राउ

अ+ अ-

झापा । झापाको दमक नगरपालिका-३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा लागुऔषध खैरो हेरोइन बिक्री वितरणमा संलग्न आठ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा दमक-३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर नं ३ हट नं ३५३ का साजन थापाको घरमा छापा मार्दा उक्त घरको कोठामा चस्माको खाली खोलमा लुकाई राखिएको अवस्थामा खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकबाहेक सात ग्राम ८०० मिलिग्राम छ ।

प्रहरीले लागुऔषध बिक्री वितरणमा संलग्न भएको आरोपमा सोही शिविरका २७ वर्षीय साजन थापा, इलाम चुलाचुली गाउँपालिका-३ का ३२ वर्षीय दीपेश तामाङ, ३२ वर्षीय सनम राई, दमक-३ का १८ वर्षीय आदित्य लिम्बू, १९ वर्षीय पवीन विश्वकर्मा, २५ वर्षीय सुचन दर्जी, बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर बी२ हट नं १९१-१९२ का २५ वर्षीय विजय माझी र मोरङ मिक्लाजुङ गाउँपालिका-८ का २० वर्षीय निश्चल पोर्तेलाई पक्राउ गरेको छ ।

दमक-३ का आदित्य लिम्बूले जेन जेड प्रदर्शनका क्रममा प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने कार्यमा संलग्न रहेको पाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

त्यस्तै, मिक्लाजुङ-८ का निश्चल पोर्तेल इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा रहेकामा गत भदौ २४ गते जेन जेड प्रदर्शनका क्रममा हिरासतबाट भागेका फरार कैदी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।