२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुद्दा खारेज नभए बञ्चरेडाँडामा फोहोर विसर्जन रोक्ने चेतावनी

अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडाका प्रभावित स्थानीयले फोहोर विसर्जन रोक्ने चेतावनी दिएका छन्।

आगामी १० कार्तिकभित्र आफ्ना माग सम्बोधन नभए फोहोर विसर्जन रोक्ने स्थानीयको भनाइ छ।

भौतिक पूर्वाधार, सहरी विकास मन्त्री कुलमान घिसिङलाई उनको कार्यकक्षमा आइतबार भेट गर्दै बञ्चरेडाँडा ल्यान्ड फिल साइटबाट प्रभावित स्थानीयले आफ्नो सरोकार राखेका छन्। भेटमा सहभागी नीरञ्जन सञ्जेलले ल्यान्डफिल साइट निर्माण सम्पन्न नहुँदै फोहोर फाल्ने काम भइरहेको तर स्थानीय प्रभावितहरूसँग गरिएको सम्झौता कार्यान्वयन नभएकोबारे मन्त्री घिसिङलाई जानकारी गराइएको बताए ।

काठमाडौँ महानगरपालिकाले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नगरेको बताएका उनले उल्टै स्थानीयमाथि सार्वजनिक मुद्दा लगाएर महानगरपालिकाले थप पीडित बनाएको बताए।

पीडित स्थानीयका सरोकार र यसअघिका सम्झौता कात्तिक १० गतेभित्र कार्यान्वयन थालनी हुनु पर्ने भन्दै सञ्जेलले कम्तीमा सार्वजनिक मुद्दा खारेज नगरिए फोहोर विसर्जन रोक्ने विषय मन्त्री घिसिङलाई जानकारी गराइएको बताए। उनका अनुसार मन्त्री घिसिङले मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने भन्दै आन्दोलनमा नजान आग्रह गरेका थिए।

मन्त्री घिसिङसँगको छलफलमा स्थानीयले अब पटक पटक वार्ताको नाममा वार्ता नचाहेको र पटक पटक आन्दोलन गर्ने रहर पनि आफूहरूको नभएको भन्दै समस्या समाधानमा गम्भीर बनिदिन आग्रह गरेका थिए।