काठमाडौँ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जेनजी आन्दोलनमा जलेर नष्ट भएका सावरी साधनको नवीकरण दस्तुर पूर्ण रूपमा छुट गर्दै नि:शुल्क दर्ता खारेजी गरिदिने गर्ने भएको छ । आंशिक क्षति भएका सवारी साधनहरू प्रयोगमा नआउने समय सम्मका कर मिनाहाको प्रक्रिया अगाडि बढाएको छ ।
जेनजी आन्दोलनका क्रममा कार्यालयको सेवा अवरुद्ध भई समयमै सेवा लिन वा दिन नसकी जरिवानामा पर्ने अवस्थामा उक्त सेवा प्राप्त गर्दा लाग्ने जरिवाना छुट गरिने प्रक्रिया अघि बढाएको छ ।
जेनजी आन्दोलनमा प्रदेश भित्र सरकारी सवारी साधन चार पाङ्ग्रे ५३ वटा र दुई पाङ्ग्रे १४२ वटा गरी कुल १९५ सवारी क्षति भएको छ । सो सवारी २१ करोड ६७ लाख ५५ हजार मूल्य बराबरको थिए ।
मन्त्रालय अन्तगत रहेका मन्त्रालय अन्तर्गत रहेका १२ वटा यातायात व्यवस्था कार्यालयहरू मध्ये २ वटा पूर्ण रूपमा २ वटा आंशिक क्षति भएको मन्त्रालयले बताएको छ । पुनर्निर्माणका कार्य पनि अघि बढिसकेको छ ।
आज बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले पत्रकार सम्मेलन गरेर यातायात व्यवस्था कार्यालयहरूको गुणस्तर बढाउनका लागि काम भइरहेको बताए । बागमती प्रदेशको यातायात मन्त्रालय अन्तगतका कार्यालयमा रहेका ट्रायल सेन्टर र स्वास्थ्य जाँच केन्द्र र ड्राइभिङ इन्चिच्युटहरुलाई व्यवस्थित गर्न सम्पूर्ण यातायात क्षेत्रलाई पूर्ण सुधार अगाडि बढेको मन्त्री थापाले बताए । सुधार गर्नको लागि ३ सदस्य उच्च स्तरको समिति बनाउने तयारी थालेको पनि मन्त्रालयले थालेको छ ।
एक वर्ष भित्र यातायात भित्र डिजिटल माध्यमबाट काम हुने छ । भने केन्द्र सरकारले अनुमति दिएको १ महिना भित्र लाइसेन्स प्रिन्ट गरेर दिने मन्त्री थापाले बताए । मन्त्रालयले बागमती प्रदेश भित्रका पाँच सय युवाहरूलाई नि:शुल्क ड्राइभिङ तालिम दिई लाइसेन्स दिलाई रोजगारको अवसर सृजना गर्ने भएको छ ।











