काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको हो । बैठकमा जेन जेड आन्दोलनपछिको राजनीतिक परिस्थिति र काँग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न बताइएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति शेरबहादुर देउवा पनि बैठकमा सहभागी हुने बताइएको छ ।







