२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान

अ+ अ-

काठमाडौँ । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले इन्कारी बयान दिएका छन् ।

जिल्ला अदालत काठमाडौँमा दर्ता भएको अभियोजनमा उनले सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको जिकिर गरेका छन् ।

चिनियाँ नागरिक दाओजिन वाङलाई आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएर बधाई दिन घरमा आएको बेला चिनजान भएको महराले बताएका छन् ।

‘उक्त सुनको अवैध पैठारी (तस्करी) मा मेरो कुनै पनि संलग्नता छैन । मैले मेरो परिवारका सदस्यहरूलाई कुनै राजनैतिक संरक्षण गरेको छैन,’ महराले बयानमा भनेका छन्, ‘चिनियाँ नागरिकले इलेक्ट्रिक सिगरेट भित्र लुकाई छिपाई लिई आएको सुन अवैध रूपमा नेपाल भित्र्याउनको लागि मेरो कुनै लगानी छैन ।’

आफू सञ्चारमन्त्री हुँदा दावाले आफूलाई फलफूल व्यापारी भन्दै आएर भेटेको उनले बताएका छन् ।

‘निजको व्यवसायमा मेरो कुनै पनि प्रकारको साझेदारी छैन,’ महराले बयानमा भनेका छन् ।

आफूले प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई आफ्नो छोरा आउँछ, हेरिदिनु होला भनेर नभनेको पनि बताएका छन् ।

‘मेरो छोरा आउँछ, हेरिदिनु भनेको होइन । म राजनैतिक व्यक्ति भएकोले धेरै जनासँग भेटघाट तथा फोनमा कुराकानी हुने गरेको हुँदा सबै कुरा याद छैन,’ बयानका क्रममा भनेका छन् ।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।