काठमाडौँ । भदौ २३ गतेको जेनजी आन्दोलनपछि भदौ २४ गते भएको विध्वंशमा जलेको सर्वोच्च अदालतको भवनलाई सङ्ग्रहालय बनाइने भएको छ ।
काठमाडौँको रामशाहपथस्थित सर्वोच्च परिसरको अगाडिको भवनलाई सङ्ग्रहालय बनाउने तयारी भएको हो ।
सर्वोच्चका अनुसार सो ऐतिहासिक भवनमा नमुना इजलाससहितको सङ्ग्रहालय बनाउन लागिएको र सर्वोच्चको अर्को भवनमा रहेको संग्राहलयलाई त्यहाँ सारिने छ ।
भदौ २४ गतेको प्रदर्शनका क्रममा सर्वोच्चको मुख्य भवन जलेपछि अहिले प्रधानन्यायाधीशसहित न्यायाधीशहरू एनेक्स भवनमा बस्दै आएका छन् । बन्दै गरेको नयाँ भवनमा सर्ने गरी अहिलेको भावनालाई सङ्ग्रहालय बनाउने तयारी भएको हो ।







