काठमाडौँ। जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा रहेर जेनजी आन्दोलनका क्रममा फरार एक कैदी गुल्मीबाट पक्राउ परेका छन् ।
धुर्कोट गाउँपालिका वडा नं ७ थेप्चेका ३६ वर्षीय साजन अर्याललाई प्रहरीले घरमै लुकेको अवस्थामा पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई मंगलबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जबरजस्ती करणी मुद्दामा नख्खु कारागार ललितपुरमा रहेका अर्याल जेनजी आन्दोलनका क्रममा फरार भएका थिए ।







