२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महँगी भत्ता देखि सामाजिक सुरक्षासम्म : करार कर्मचारीका मागमा सरकार सकारात्मक

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल करार र अस्थायी कर्मचारीका हकहितमा सकारात्मक देखिएका छन्। मन्त्री खरेलसँगको भेटपछि अखिल नेपाल सरकारी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघकी पूर्वअध्यक्ष विमला आचार्यले करार कर्मचारीका विभिन्न मागमा सरकार सकारात्मक रहेको जानकारी दिएकी छन्।

आचार्यले प्रशासनलाई दिएको जानकारी अनुसार भेटका क्रममा मन्त्री खरेलले महँगी भत्ता देखि सामाजिक सुरक्षा योजनासम्मका मुद्दामा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलसँगको भेटमा अस्थायी, करार, ज्यालादारी तथा ठेक्कादारी कर्मचारीहरूले आफ्नो रोजगार स्थायित्व र सेवा–सुविधासम्बन्धी मागहरू अघि सारेका थिए।

भेटका क्रममा कर्मचारीहरूले देशभरका करार कर्मचारीहरूको रोजगारीमा कुनै समस्या नपर्ने, गोश्वारा हुलाक कार्यालयमा चलिआएको ठेक्का प्रथा खारेज गरी करार कर्मचारीहरूलाई सो कार्यालयबाटै नियुक्ति दिने, र योगदानमा आधारित सामाजिक सुरक्षामा करार कर्मचारीहरूलाई तत्काल समावेश गराइने विषय जानकारी गराएका थिए । 

त्यस्तै, नयाँ पुस्ताका युवाहरूको आन्दोलनपछि पुन:व्यवस्था तथा समायोजन प्रक्रियामा परेका कार्यालयका करार कर्मचारीहरूको व्यवस्थापन गरिने मन्त्रीको आश्वासन रहेको आचार्यले बताएकी छिन् । २०८०-८१ सालमा हुलाक सेवा अन्तर्गत जिल्ला हुलाक कार्यालयमा दरबन्दी कटौतीमा परेका करार कर्मचारीहरूलाई खाली दरबन्दीमा मिलान गर्ने वा क्षतिपूर्ति तथा उपदानको व्यवस्थाका लागिसमेत मन्त्रीबाट आश्वासन प्राप्त भएको आचार्यको भनाई छ । 

मन्त्री खरेलले संघ, प्रदेश तथा स्थानीय निकायमा कार्यरत करार कर्मचारीहरूलाई स्थायी कर्मचारी सरहका सेवा-सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाउँदै निजामती कर्मचारीहरूले पाउँदै आएको महँगी भत्ता करार कर्मचारीहरूलाई पनि सोही दरमा उपलब्ध गराइने स्पष्ट पारेका छन्।

भेटका अन्त्यमा करार तथा अस्थायी कर्मचारी प्रतिनिधिहरूले देशभरका श्रमिकहरूलाई अहिलेको सरकारलाई सहयोग गर्न, श्रमिक अधिकार र हितका लागि एकताबद्ध हुन, र “हाम्रो होइन, राम्रो गरौँ” भन्ने भावनाका साथ अघि बढ्न आग्रह गरेका छन्।