२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईएमएफद्वारा नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण

अ+ अ-

काठमाडौँ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

कोषको फ्ल्यागसिप प्रकाशन वर्ल्ड इकोनोमिक आउट लुकले यसभन्दा अघिको नेपालको आर्थिक वृद्धिको प्रक्षेपणलाई सामान्य रूपमा घटाउँदै नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो । यसअघि गत अप्रिलको वर्ल्ड इकोनोमिक आउट लुकले नेपालमा चालू आर्थिक वर्ष अर्थात् सन् २०२६ मा ५.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

चालु आर्थिक वर्षमा जेनजी आन्दोलनका कारण अर्थतन्त्रमा पनि असर पुग्ने भएकाले अपेक्षित नहुने देखिन्छ । विश्व बैंकले हालै नेपालको आर्थिक वृद्धिको प्रक्षेपणलाई व्यापक रूपमा घटाएको छ। तर, कोषले भने विगतको प्रक्षेपणमा सामान्य मात्रै कम गरेको हो ।

सन् २०२५ को अप्रिलमा संयुक्त राज्य अमेरिकाले व्यापक ट्यारिफ घोषणा गरेर विश्व अर्थतन्त्रलाई नै प्रभावित भएको आइएमएफले जनाएको छ । यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि ३।२ प्रतिशत र अर्को वर्ष ३.१ प्रतिशत रहने अनुमान आइएमएफको छ।

यो अनुमान गत वर्षको भन्दा ०.२ प्रतिशत बिन्दुले कम हो । तर, अप्रिलको तुलनामा भने आईएमएफले सन् २०२५ को आर्थिक वृद्धिको प्रक्षेपण केही सुधार गरेको हो । अप्रिलमा उसले यो वर्ष विश्व अर्थतन्त्र २.८ प्रतिशतले मात्रै वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

गत अप्रिलमा अमेरिकाले घोषणा गरेको व्यापक ट्यारिफ वृद्धिका कारण अनिश्चय उच्च रहेकोमा अहिले त्यसमा केही कमी आएको आईएमएफले जनाएको छ ।

अमेरिकाले धेरै मुलुकसँग व्यापार सम्झौता गरेको तथा अन्य मुलुकहरूले जवाफी रूपमा भन्सार नबढाएकाले पनि केही निश्चितता थपिएको आईएमएफका इकोनोमिक कायन्सेलर तथा अनुसन्धान विभाग प्रमुख पियरे-ओलिभर गोरिन्चासले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै बताए। त्यही भएर विश्व आर्थिक वृद्धिको प्रक्षेपणमा सामान्य सुधार गरेको उनको भनाइ छ ।

तथापि, अमेरिकाले लगाएको भन्सार महसुल दर अझै उच्च रहेको, व्यापार तनाव बढ्दै गएको तथा स्थायी व्यापार सम्झौताहरूको कुनै ग्यारेन्टी नभएकाले अर्थतन्त्रको पूर्ण चित्र आउन लामो समय लाग्न सक्ने आइएमएफले जनाएको छ ।