२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन अध्ययन सुरु, शिक्षामन्त्री भन्छन्-‘छिट्टै एक्सनमा जान्छौँ’ 

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्न अध्ययन सुरु गरेको छ ।

मन्त्रालयले आइतबार प्रतिवेदन सार्वजनिक गरेको थियो । मन्त्री महावीर पुनका अनुसार प्रतिवेदनको कार्यान्वयन गर्न मन्त्रालयले अध्ययन सुरु गरेको हो ।

‘अहिले अध्ययन हुँदै छ । कानुनी कुरा भएकाले मन्त्रालयको कानुन हेर्ने सहसचिव र उपसचिवले अध्ययन गर्दै हुनुहुन्छ,’ मन्त्री पुनले भने ।

मन्त्रालयको कानुनले अध्ययन गरेर रिपोर्ट बुझाएपछि त्रिविको जग्गा र अचल सम्पत्ति अतिक्रमण गर्नेलाई कारबाही गर्ने तयारी सरकारको छ । ‘अहिले कार्यान्वयन गर्न सक्ने के–के हुन् ? तत्काल अगाडि बढाउने कुरा के–के छ रु अध्ययन गरेर छिट्टै ल्याउन भनेको छु,’ मन्त्री पुनले भने, ‘त्यसपछि के एक्सन लिने भन्नेमा जान्छ ।’

पदाधिकारी र कर्मचारीको मिलेमतोमा त्रिविको २ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्म गरी १८ वटा संघसंस्थाले रजाइँ गरिरहेको पाइएको छ ।

कीर्तिपुर स्थित झन्डै १ हजार ५ सय रोपनी जमिन भोग चलनका हिसाबले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख छ । त्रिविको ५०५०-३-१-१ रोपनी क्षेत्रफल जग्गा रहेकोमा पछि अरूले कब्जा गरेको पाइएको हो ।