२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण, फरार कैदी बन्दीलाई छिटो पक्राउ गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण गरी त्यहाँबाट प्रदान गरिने सेवा प्रवाह, कैदी बन्दीको सङ्ख्या र अवस्थालगायतका विषयमा जानकारी लिएका छन । 

निरीक्षणपछि मन्त्री आर्यलाले कारागारलाई साधन/स्रोत सम्पन्न बनाउन र व्यवस्थित ढंगबाट सञ्चालन गर्ने सन्दर्भमा सुधारका योजना ल्याउन निर्देशन दिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । 

सोही अवसरमा मन्त्री अर्यालले ७७ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको कैदी बन्दी पक्राउ, खोजी नियन्त्रण कार्यदललाई सक्रिय बनाउन र जिल्लामा रहेका सुरक्षा एकाइलाई बढीभन्दा बढी परिचालन गरेर कारागार बाहिर रहेका कैदी बन्दीलाई छिटो पक्राउ गर्न पनि निर्देशन दिए ।

मन्त्री अर्यालले प्रत्येक जिल्लामा निर्वाचनको वातावरण सिर्जना गर्न जिल्ला प्रशासन कार्यालय सक्रिय हुनुपर्ने भनाइ राखे । महानिर्देशक शर्माले भने, “आज विभागमा गृहमन्त्री, सचिव र दुई जना सहसचिवको निरीक्षण, निर्देशन कार्यक्रम थियो, सोही अवसरमा मन्त्रीले विभागलाई अझै प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।” 

महानिर्देशक शर्माका अनुसार देशैभरका कारागारमा २९ हजार २१९ जना र  बाल सुधार गृहमा एक हजार ४२२ गरी जम्मा ३० हजार ६४१ जनामध्ये १४ हजार ५४९ जना कैदी फरार भएका थिए । फरार मध्ये नौ हजार २१९ फिर्ता आएका छन् भने पाँच हजार ३५९ जना अझै बाहिर छन् ।