काठमाडौँ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक सामाजिक सञ्जाल अकाउन्ट खोल्नेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
कार्कीको नाममा फेसबुकलगायतका फेक आईजी बनाएर विभिन्न सूचनाहरू सम्प्रेषण गरिएको थियो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति समेत जारी गरेर ती अकाउन्ट नक्कली रहेको बताएको थियो ।
यसरी प्रधानमन्त्रीको नाममा नक्कली अकाउन्ट खोलेर सञ्चालनमा ल्याउनेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
केही व्यक्तिलाई कार्यालय बोलाएर सोधपुछ समेत सुरु गरिएको छ । अहिलेसम्म भने कोही पक्राउ नपरिसकेको प्रहरीले बताएको छ ।
प्रधानमन्त्रीको नाममा अहिलेसम्म २६ वटा नक्कली अकाउन्ट खोलिएको पाइएको छ । कार्कीको नाममा २६ वटा सामाजिक सञ्जाल अकाउन्ट नक्कली देखिएपछि ती अकाउन्ट बन्द गर्ने प्रक्रिया अघि बढाइएको छ ।







