२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच वर्षमा पनि बनेन दूधकोशीको चुहार पक्की पुल

अ+ अ-

भोजपुर । भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७७ निर्माण सुरु गरिएको उक्त पुल हालसम्म पनि रोकिएको छ ।

कोशी प्रदेश सरकारले रु २१ करोड २३ लाख १२ हजार लागतमा कालिका–प्यासेफिक जेभीलाई पुल निर्माणको जिम्मा दिएको थियो । सुरुमा दुवैतर्फ पिलर निर्माण सुरु भए पनि कामले निरन्तरता नपाएर अधुरै छाडिएको हो ।

लामो समयदेखि अलपत्र बनेको पुल निर्माणमा ढिलाइ भएपछि भोजपुरका तीन स्थानीय तह रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले संयुक्त बैठक बसेर प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।

रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले पुल निर्माणमा भइरहेको ढिलाइले तीनवटै पालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित भएका बताए । “प्रदेश सरकारले दुई वर्षमा बनाउने भनिएको पुल पाँच वर्षसम्म पनि बनेको छैन”, उनले भने, “हामी संयुक्त पहलमार्फत प्रदेश सरकारलाई काम अघि बढाउन दबाब दिनेछौँ । काममा ढिलाइ हुँदा नागरिकलाई प्रत्यक्ष असर पुगेको छ ।”

संयुक्त बैठकमा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, आमचोक गाउँपालिका उपाध्यक्ष अशोक राईसहित तीनवटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत र सरोकार भएका निकायका प्रतिनिधि सहभागी थिए ।

दक्षिणी क्षेत्र हुँदै तराईका जिल्लासँग जोडिने प्रमुख मार्गका रूपमा रहेको चुहार पुल निर्माण रोकिएपछि स्थानीयवासी वर्षौँदेखि जोखिमपूर्ण रूपमा दूधकोशी पार गर्दै आवतजावत गर्न बाध्य छन् ।

विसं २०७७ असोज २७ गते शिलान्यास गरिएको यो पुलले भोजपुरको हतुवागढी–९ हसनपुर र उदयपुरको वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्छ । पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर रहनेछ ।

स्थानीयवासीका अनुसार पुल बनेपछि यो क्षेत्रको आवागमन, व्यापार तथा सामाजिक सम्पर्कमा सहजता आउनेछ । निर्माणकार्य लामो समयदेखि ठप्प हुँदा स्थानीय निराश भएका छन् ।