२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाश शरण महतको दाबी : ‘पार्टीको विशेष महाधिवेशन हुँदैन, नियमित नै गर्छौँ’

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतले पार्टीको नियमित महाधिवेशन नै हुने दाबी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले विशेष महाधिवेशन नहुने र १५ औँ महाधिवेशन हुने जिकिर गरेका छन् ।

‘विशेष महाधिवेशनको कुरा छैन, अधिवेशन नै हुन्छ । १५ औँ महाधिवेशन गर्दा वडादेखि माथिसम्म सदस्यता टुङ्ग्याउने लगायतका विषय सागसँगै गर्नुपर्नेछ । यिनै विषयमा केन्द्रित रहेर छलफल हुन्छ,’ उनले भने ।

अहिले कार्यसमितिको पदावधि नै सकिइसकेको अवस्थामा विशेष महाधिवेशन नहुने उनको भनाइ थियो ।

त्यस्तै, जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले राखेका भनाइहरूलाई मध्यनजर गरेर छलफल गर्ने बताए ।

‘सभापतिले पनि केही महत्त्वपूर्ण कुरा राख्नुभएको छ । त्यसलाई पनि मध्यनजर गरेर छलफल गर्छौँ,’ उनले भने ।

केन्द्रीय समिति बैठकमा नेताहरूले कहिले महाधिवेशन गर्ने भन्नेबारे छलफल हुने उनको भनाइ थियो ।

‘महाधिवेशनको सन्दर्भमा मंसिर २१ गते चार वर्ष हुन्छ । यो अवस्थामा हामीले अधिवेशन कहिलेसम्म गर्न सक्छौँ । हामी ज्यादा समय लिँदैनौँ । निर्वाचनलाई पनि अधिवेशनको कारणले प्रतिकूल असर परोस् भन्ने हामी चाहँदैनौँ । सम्पूर्ण विधि प्रक्रिया पनि पूरा गर्नुपर्नेछ,’ उनले भने ।