काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले विशेष महाधिवेशन गर्दा जेनजी पुस्ता प्रतिनिधि हुन नपाउने बताएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा पूर्वमन्त्री समेत रहेका बस्नेतले १४ औँ विशेष महाधिवेशन गर्दा महाधिवेशनकै प्रतिनिधि हुने हुँदा नयाँले प्रतिनिधि हुन नपाउने बताए।
नियमित महाधिवेशन हुन नसक्ने हो भने किन हुन सक्दैन ? त्यसको जवाफ दिनुपर्ने बस्नेतले बताए। ‘नेपाली काँग्रेस पार्टीले विशेष महाधिवेशन भनेर १४ औँ महाधिवेशनका प्रतिनिधिले मात्रै भोट हाल्न पाइने अनि जेनजी पुस्ताको वकालत गर्ने तर तिनले भोट हाल्न पाउँछन् कि पाउँदैनन् ?’ बस्नेतले भने ।
महामन्त्री गगन थापा संयोजक रहेको सदस्यता व्यवस्थापन समितिमा अन्य व्यक्तिहरू पनि थप्न बस्नेतले सुझाव दिए।







