काठमाडौँ । प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका दुई जिल्लासहित देशभरका ६ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ।
प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले बिहीबार गरेको निर्णय अनुसार, मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी रुगम कुँवरलाई धनुषा जिल्ला प्रहरी प्रमुख र एसपी रविन कार्कीलाई रौतहट जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी तोकिएको हो।
यसअघि रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरी र धनुषाका प्रहरी प्रमुख एसपी नरहरी रेग्मीलाई फिर्ता बोलाइएको छ। त्यस्तै, गृह मन्त्रालयमा कार्यरत एसपी मुकुन्द रिजाललाई बागमती प्रदेश प्रहरी कार्यालयमा र एसपी विश्वराज खड्कालाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।







