२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस केन्द्रीय समितिको बैठक जारी, देउवाको कुर्सी खाली

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक जारी छ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ ।

सभापति शेरबहादुर देउवाले गत असोज २८ गते बैठक प्रारम्भ गर्दै कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका थिए । देउवाले सक्रिय भूमिका छाडेको बताए पनि काँग्रेस बैठकमा उनको कुर्सी यथावत् छ । देउवा बस्ने कुर्सी खाली राखेर कार्यवाहक सभापति खड्काले बैठक अगाडि बढाएका हुन् ।

काँग्रेसका एक केन्द्रीय सदस्य देउवाको कुर्सी खाली राखेर बैठक सञ्चालन हुनुको राजनीतिक अर्थ रहेको बताउँछन् । काँग्रेसभित्र महाधिवेशन र नेतृत्व परिवर्तनका विषयमा बहस भइरहँदा देउवा भौतिक रूपमा अनुपस्थित भए पनि राजनीतिक रूपमा क्रियाशील छन् भन्ने सन्देश दिन कुर्सी राखिएको हुनसक्ने उनले बताए ।

‘शेरबहादुर दाईप्रति सम्मानको पनि कुरा होला । मुख्य कुरा चैँ कार्यवाहक दिएको मात्रै हो, राजनीति छाडेको होइन भन्ने सन्देश पनि दिन खोजिएको होला,’ संस्थापन पक्षका ती केन्द्रीय सदस्यले भने।

काँग्रेस बैठकमा जेनजी आन्दोलन र प्रभाव, १५ औँ महाधिवेशन तयारी, संसद् विघटन र घोषित निर्वाचन लगायतका ८ बुँदे एजेण्डा उपर छलफल भइरहेको छ ।