२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा दम्पतीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग राख्दै आइजिपीलाई नेविसंघको पत्र

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघले जेनजी आन्दोलनको क्रममा पार्टी सभापति शेरबहादुर देउवादम्पतीमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गरेको छ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङलाई १० बुँदे माग पत्र बुझाउँदै देउवा दम्पतीमाथि सुनियोजित रूपमा आक्रमण भएकाले भन्दै कारबाहीको माग गरेको हो।

नेविसंघले भनेका छ, ‘नेपाल सरकारका पूर्व प्रधानमन्त्री, नेपाली काँग्रेस संसदीय दलका नेता तथा पार्टीका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। आरजु राणा देउवा माथि सुनियोजित ढङ्गले भएको साङ्घातिक आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल अनुसन्धानको दायरामा ल्याई विद्यमान कानुनी व्यवस्था अनुसार कडा कारबाही गर्न माग गर्दछौँ।’

आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि पनि कारबाही गर्न माग गरेको छ। घटनाक्रममा क्षतविक्षत भएका प्रहरी कार्यालयहरूबाटै आम नागरिकको ज्यान र सम्पत्तिको सुरक्षामा खटिएका नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूको मनोबल कमजोर हुन नदिई त्यसलाई उच्च बनाउने दायित्व राज्य र सरकारको नैतिक जिम्मेवारी भएको नेविसंघले जनाएको छ।

घटनाक्रममा फौजदारी कसुरजन्य गतिविधिमा संलग्न जोसुकै व्यक्तिलाई कानुनी दायरामा ल्याई निष्पक्ष छानबिन र आवश्यक कारबाही गर्न पनि माग गरेको छ।