२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जेनजी पुस्ताको माग र ऊर्जालाई सम्बोधन गर्न नसके देशको नेतृत्व गर्न सकिँदैन’ : डा. संग्रौला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीले जेनजी पुस्ताको माग र ऊर्जालाई सम्बोधन गर्न नसके देशको नेतृत्व गर्न नसकिने बताएकी छन् ।

शुक्रबार सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले जेनजीहरूको माग र भावना अनुसार पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताइन् ।

‘हालै, नेपाली काँग्रेसका जेनजी  युवाहरूले देशमा सुशासन र पार्टीभित्र समयानुकूल परिवर्तनको स्पष्ट सन्देशसहित ९ बुँदे अपिल सार्वजनिक गरेका छन् । उहाँहरूको यो अपिल, कुनै आग्रह होइन, बरु परिवर्तनको अनिवार्य आवश्यकता बोकेको एउटा सचेत आवाज हो । उहाँहरू भन्नुहुन्छ, ‘सबै बदलिऔँ, सबै मिलेर देश बदलौँ । यो आह्वानलाई हामीले गम्भीरतापूर्वक लिनैपर्छ,’ उनले भनिन् ।

डा।संग्रौलाले देशभरका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग राखिसकेकाले अब मंसिरभित्रै नियमित महाधिवेशन गर्नका लागि निर्वाचन कार्य तालिका सार्वजनिक गर्नुपर्ने बताइन् ।

‘देशभरिबाट महाधिवेशन प्रतिनिधि साथीहरूले विशेष महाधिवेशनको माग गर्दै पार्टीलाई निवेदन बुझाइ सक्नु भएको छ । उहाँहरूको भावनाको सम्मान गर्दै परम्परागत दलबाट आधुनिक दलका रूपमा नयाँ उर्जाका साथ अघि बढ्न, हामीले आउँदो मंसिर महिनाभित्रै नियमित १५ औँ  महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्छ । सो महाधिवेशनमा काँग्रेसको नेतृत्वमा अहिलेसम्म मुलुकले प्राप्त गरेको उपलब्धिको समीक्षा गर्नुका साथै हाम्रा कमीकमजोरीबारे व्यापक समीक्षा गरिनुपर्छ,’ उनको भनाइ छ ।

काँग्रेस र अन्य दलहरूसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबैलाई वर्तमान राजनीतिक परिस्थितिका आधारमा एक पटकका लागि आम माफी दिन समेत उनले प्रस्ताव गरिन् ।

त्यस्तै उनले फागुन २१ गते तोकिएको मितिमा मध्यावधि चुनाव हुन नसकेमा मुलुक अर्को संवैधानिक तथा सुरक्षा संकटमा फस्ने निश्चित भएकाले  निर्वाचनलाई सुनिश्चित बनाउँदै लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा काँग्रेसले अग्रसरता लिनुपर्ने धारणा राखिन् ।