२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको संयमित हस्तक्षेपले देशव्यापी संकट नियन्त्रण : शान्ति, उद्धार र पुन:स्थापनामा ‘शून्य थप क्षति’

अ+ अ-

काठमाडौँ । भाद्र २३ र २४ गते देशभर भड्किएको आन्दोलन, हिंसा र अराजक अवस्थाबीच नेपाली सेनाले संयमित तर निर्णायक हस्तक्षेप गर्दै देशव्यापी संकटलाई नियन्त्रणमा लिएको जनाएको छ । नेपाली सेनाको तैनाथीले ६ देखि ८ घण्टाभित्रै अशान्ति नियन्त्रणमा आएको र शून्य थप मृत्युका साथ सय प्रतिशत उद्धार कार्य सम्पन्न भएको नेपाली सेनाले जानकारी दिएको छ ।

संविधानको धारा २६७ बमोजिम स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी बोकेको सेनाले यस पटक शान्ति, सुरक्षादेखि उद्धार र पुनर्स्थापनासम्म बहुआयामिक भूमिका निर्वाह गरेको जनाएको छ।

प्रधानसेनापतिको सम्बोधनपछि भाद्र २४ गते राति २२:०० बजेदेखि देशभर तैनाथी गरिएको थियो। काठमाडौँको नयाँ बानेश्वर, इटहरीलगायत स्थानमा कर्फ्यु जारी भएपछि संघीय संसद भवन र अन्य रणनीतिक क्षेत्रहरूको सुरक्षामा सेना खटिएको थियो। अति विशिष्ट व्यक्ति, राजनीतिक नेता र सुरक्षाकर्मीहरूको उद्धार, मित्रराष्ट्रहरूसँगको समन्वय र संयमित व्यवहार सेनाको तत्काल प्राथमिकता बनेको थियो।

हताहत, क्षति नियन्त्रण र सुरक्षामा प्रभावकारी समन्वय
सेनाले उपलब्ध विवरण अनुसार ४८४ स्थानमा भएका प्रदर्शनबाट ७६ जनाको मृत्यु भएको छ, जसमा २२ जना प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र ४१ जना अन्य रहेको नेपाली सेनाले जानकारी दिएको छ । करिब ६८८ सरकारी कार्यालय र भौतिक संरचनामा क्षति पुगेको छ।

आन्दोलनका क्रममा फरार १५ हजार ५ सय ८८ कैदीमध्ये ८ हजार ७ सय ९९ जना फिर्ता भइसकेका छन्। हराएका ९७८ नाल हतियारमध्ये ५८६ नाल फेला परेका छन्।

उपत्यकाभित्र ६ हजार र बाहिर १८ हजार भन्दा बढी सैनिक परिचालन गरी अराजकता नियन्त्रण गरिएको थियो। सिंहदरबारमा लागेको आगो नियन्त्रण गर्दै राष्ट्रिय सुरक्षा परिषद्, रक्षा र अर्थ मन्त्रालयका रणनीतिक कागजात जोगाउन सेनाले प्रमुख भूमिका खेलेको छ।

सेनाको प्रत्यक्ष सम्पर्क नम्बरमा आएका ४ हजार ५ सय फोनमध्ये ८५ प्रतिशत गुनासा–चोरी, लुटपाट, आगजनी र बलात्कार –तत्काल सम्बोधन गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमणको योजना बनाएका करिब २ हजार प्रदर्शनकारीलाई नियन्त्रणमा लिइ देशको अन्तर्राष्ट्रिय छवि सुरक्षित गरिएको सेनाले जनाएको छ ।

विपद् व्यवस्थापन र उद्धारमा निरन्तर तत्परता
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले प्राकृतिक विपद् व्यवस्थापनमा पनि व्यापक सक्रियता देखाएको जनाएको छ । रसुवाको लेन्दे खोलाको बाढीमा ५८ जनाको उद्धार, इलाम र झापामा बाढीपीडित २३ जनाको हवाई उद्धार, र ७ सय ९४ केजी राहत सामग्री ढुवानी गरेको छ।

मनसुन अवधिमा १ सय ६३ स्थानमा ४ हजार ७ सय २३ जना सैनिक खटाई बाढी, पहिरो र डुबान नियन्त्रणमा सहयोग गरेको छ।

गत वर्ष मात्रै २ सय ५१ स्थानमा डढेलो र २ सय २ स्थानमा आगलागी नियन्त्रणमा १० हजार ६ सय ६३ सैनिक सहभागी भएका थिए।

महाकाली नदीमा तटबन्ध निर्माण र नदीको मार्ग व्यवस्थापन गरी क्षति न्यूनीकरणका काममा पनि सेना सक्रिय रह्यो।

जनहित, विकास र वातावरण संरक्षणमा निरन्तर योगदान
नेपाली सेनाले गत वर्ष ३ सय २९ स्थानमा जनहितका कार्यमार्फत ५० हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ।

बाजुराको ऐतिहासिक बडीमालिका मन्दिर पुनर्निर्माण, ३२ सडक आयोजना सम्पन्न र १ हजार ४ सय किलोमिटर सडक सरकारलाई हस्तान्तरण गरिएको छ।

काठमाडौं–तराई द्रुतमार्गको ४४ प्रतिशत भौतिक प्रगति भइसकेको र ७ मध्ये २ वटा सुरुङको निर्माण सम्पन्न भएको छ।

वन र वातावरण सुरक्षामा ९ हजार ४६ जना सैनिक खटिएका छन्। गत वर्ष मात्र ४२ नाल हतियार, १ हजार ९ सय ७६ वटा पासो र ३ सय ३५ वटा सवारी साधन बरामद गरिएका छन्। संरक्षण कार्यमा ११६ जना सैनिकले जीवन बलिदान गरेका छन्।

सैनिक कल्याण, कूटनीति र विश्व शान्ति स्थापना कार्यमा अग्रणी भूमिका
विक्रम संवत् २०३२ मा स्थापना भएको सैनिक कल्याणकारी कोषको कुल सम्पत्ति रु। ८६ अर्ब ७४ करोड पुगेको छ।
शिक्षा, स्वास्थ्य, आवास, कर्जा तथा सहुलियत सेवाबाट करिब १० लाख हिताधिकारी लाभान्वित भएका छन्। वीरेन्द्र अस्पतालसहित देशभरका अस्पताल र प्राविधिक शिक्षालयमार्फत सेवा दिइँदै आएको छ।

अन्तर्राष्ट्रिय तहमा नेपाली सेनाले सैनिक कूटनीतिद्वारा मित्रराष्ट्रहरूसँग सम्बन्ध सुदृढ बनाएको छ।

पाकिस्तानमा भएको “अन्तर्राष्ट्रिय पाकिस्तान सेना टोली आत्मा प्रतियोगिता” र बेलायतको “केम्ब्रियन गस्ती अभ्यास” दुवैमा स्वर्ण पदक जित्दै सेनाले नेपालको गौरव बढाएको छ।

हाल १० वटा शान्ति मिसनमा ५ हजार ८ सय २० जना नेपाली शान्ति सैनिक, जसमा ५ सय ३८ महिला सैनिकसमेत छन्, तैनाथ छन्।

७४ जना सैनिकले विश्व शान्तिको सेवामा बलिदान दिएका छन् भने ७५ जना घाइते भएका छन्।