२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ

अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बिहीवार भएको टेलिफोन कुराकानीमा ‘ठूलो प्रगति’ भएको बताएका छन् ।

दुवै पक्ष हङ्गेरीमा प्रत्यक्ष वार्ता गर्न सहमत भएको पनि उनले बताए ।मध्यअगस्टयता पहिलो पटक भएको पुटिनसँगको कुराकानी “निकै फलदायी“ रहेको उनले बताएका हुन्। ट्रम्पका अनुसार वाशिङ्टन र मस्कोका प्रतिनिधिहरूबीच आउँदो साता भेटघाट हुने छ।

ट्रम्पले पुटिनसँग बुडापेस्टमा हुने बैठकको मिति भने पुष्टि गरेनन्। क्रेम्लिनले उक्त “अत्यन्तै खुलस्त र भरोसायोग्य“ फोन वार्तापछि “तत्कालै“ शिखरवार्ताबारे काम सुरु हुने बताएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइट हाउस जाने निर्धारित तालिकाको एक दिनअघि र ट्रम्पले रुसको भित्री भागसम्म हमला गर्न सक्ने ‘टमहक’ क्षेप्यास्त्र युक्रेनलाई दिने कि नदिने भन्ने सम्बन्धमा विचार गरिराखेका बेला उक्त फोन वार्ता भएको हो।

अमेरिका पुग्नासाथ जेलेन्स्कीले मस्को ‘टमहकको कुरा सुन्नासाथ पुनः वार्ता थाल्न हतारिएको’ टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले आफू र पुटिनबीच ‘युक्रेनमा युद्ध समाप्त भएपछि रुस र अमेरिकाबीच हुने व्यापारबारे निकैबेर कुरा भएको’ बताए।

उनले अर्को हप्ता दुवै देशका ‘वरिष्ठ सल्लाहकार’ हरूबीच बैठक हुने र अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री मार्को रुवियोले गर्ने बताए। उनले बैठक कहाँ हुने भन्ने अझै तय हुन बाँकी रहेको बताए ।

ट्रम्पले पुटिनसँगको कुराकानीबारे शुक्रवार जेलेन्स्कीलाई पनि जानकारी दिने बताए । उनले भने, “आजको टेलिफोन वार्तामा निकै प्रगति भएको मेरो ठम्याइ छ।”

पुटिनसँग ‘दुई साताभित्र’ बैठक हुने ठानेको पनि पछि संवाददाताहरूसँग उनले बताए ।

युक्रेनलाई टमहक क्षेप्यास्त्र दिइने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले अमेरिकाले उक्त क्षेप्यास्त्रको भण्डारलाई ‘घटाउन नसक्ने’ बताए। “त्यो हामीलाई पनि चाहिन्छ।।। त्यसैले त्यस सम्बन्धमा हामी के गर्न सक्छौँ भन्नेबारे मलाई थाहा छैन।”

पुटिनसँग युक्रेन युद्धबारे अलास्कामा भएको वार्ता विफल भएपछि ट्रम्प मस्कोप्रति कठोर रहँदै आएका छन् ।

गत अगस्ट १५ मा अलास्कामा भएको प्रत्यक्ष वार्ता युद्ध अन्त्य गर्नेबारे रुसी राष्ट्रपतिलाई सहमत गराउन फलदायी हुने ट्रम्पको आशा थियो।

अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला उनले आफूले युक्रेन युद्ध अन्त्य गर्ने वाचा गरेका थिए।