काठमाडौँ । मकवानपुर जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
हेटौँडा उपमहानगरपालिका-१० बसपार्क गुम्बा नजिक सोही ठाउँ बस्ने ३५ वर्षीय हिरालाल मोक्तानले सञ्चालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा मोक्तानसमेत ११ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई नगद ६ लाख ६ हजार ३ सय १० रुपैयाँ र ११ बुक ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।







