२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलद्वारा थप १५ प्यालेस्टिनीको शव फिर्ता गरेको हमासद्वारा पुष्टि

अ+ अ-

एएफपी । इजरायलले शनिबार १५ प्यालेस्टिनीहरूको शव गाजालाई फिर्ता गरेको छ । योसँगै सम्झौता अनुसार इजरायलद्वारा फिर्ता गरेका मृतक प्यालेष्टिनीको सङ्ख्या १३५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्ध विरामसम्बन्धी सम्झौताअनुसार इजरायलले प्रत्येक मृतक इजरायलीका लागि १५ जना प्यालेस्टिनीको शव बुझाउनु पर्ने थियो ।

शुक्रबार अबेर हमासले अर्का एक बन्धक इजरायली नागरिकको शव फिर्ता गरेको थियो । युद्ध विराम सुरु भएयता हमासले नौ जना इजरायली र एक नेपाली विद्यार्थीको शव बुझाइसकेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार फर्केका केही शवमा दुर्व्यवहार, कुटपिट, हतकडी र आँखामा पट्टी बाँधी यातना दिएको संकेत देखिएको छ ।

मन्त्रालयले युद्ध विराम सम्झौता अन्तर्गत पहिले फिर्ता भएका अन्य मृत शरीरका बारेमा पनि यस्तै दाबी गरेको छ। इजरायली सेनाले यी दाबीहरू ‘हमासको गलत प्रचार’ भएको बताएको छ। “अहिलेसम्म फिर्ता गरिएका सबै शवहरू गाजा क्षेत्रका लडाकुहरूका हुन्,” इजरायली सेनाले शुक्रबार एएफपीलाई बताएको छ।