२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँखा शिविरबाट तीन सय जना लाभान्वित

अ+ अ-

म्याग्दी । धवलागिरि गाउँपालिका-७ ताकममा आयोजित नि:शुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन् ।

शिविरमा धवलागिरि-७ ताकमका साथै धवलागिरि-२ लुलाङ, वडा नं ३ मुना र वडा नं ४ खिबाङका सर्वसाधारणले समेत आँखा जाँच गराएर उपचार सेवा लिएको जेसीजका शाखा अध्यक्ष विनोद घर्तीले जानकारी दिए । ग्रामीण भेगका सर्वसाधारण नागरिकलाई आँखासम्बन्धी समस्याको घरदैलोमै उपचार गराउने अवसर दिनका लागि सामाजिक उत्तरदायित्व बहन गरेर शिविर आयोजना गरिएको उनले बताए ।

शिविरमा नेत्र अधिकृतद्धय दिनेश बानियाँ र गणेश महतोसहित स्वास्थ्यकर्मीको टोलीले आँखा जाँच, औषधि र चश्मा वितरणसँगै परामर्श सेवा दिएको थियो । गाउँमै आँखा उपचार सेवा लिन पाएपछि स्थानीयवासी खुसी भएका छन् । शिविरको उद्घाटन गर्दै धवलागिरि-७ ताकमका वडाध्यक्ष अशोक खत्रीले शिविरले घरदैलोमै उपचार सेवा लिने अवसर दिएको बताउँदै सर्वसाधारण नागरिकलाई राहत भएको बताए ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्रीले युवाको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय रहेको जेसीजले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा रचनात्मक कार्य गरी आफूलाई स्थापित सामाजिक संस्थाका रूपमा अग्रसरता लिएकामा जोड दिए । नेत्र ज्योति संघ म्याग्दीका सभापति अमर बानियाँले आँखा मानिसको अभिन्न अंग भएकाले यसको सुरक्षाको सन्देश र आँखाको समस्यासम्बन्धी उपचार सेवा दिन शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।