२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन र चाडपर्वका लागि विशेष रणनीति तय, सीमामा एकीकृत जाँच प्रणालीको तयारी

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठकले प्रदेशको समग्र सुरक्षा सुदृढीकरणका लागि विशेष रणनीति बनाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री कमल बहादुर शाह तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीसहित बसेको बैठकले आगामी निर्वाचनका लागि चुस्तदुरुस्त सुरक्षा व्यवस्था कायम गर्ने निर्णय गरेको हो ।

‘फागुन १ गते घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी एकीकृत सुरक्षा रणनीति तयार गर्ने निर्णय गरिएको छ । सो रणनीतिले आम नागरिकमा सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक व्यवस्था मिलाइने छ’ बैठक पछि मुख्यमन्त्री शाहले भने ।

त्यस्तै, दीपावली र छठ पर्वका अवसरमा भारत जाने–आउने नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै सुदूरपश्चिमका मुख्य नाकाहरूमा लुटपाट तथा अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गर्न एकीकृत जाँच प्रणाली लागू गरिनेछ।

बैठकले लागु औषधको ओसारपसार र बिक्री–वितरण नियन्त्रण गर्न सम्बन्धित निकायहरूले संयुक्त रणनीति बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको छ। साथै, चाडपर्वको समयमा बजारमा मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट र म्याद नाघेका वस्तुको बिक्री रोक्न अनुगमनलाई प्रभावकारी बनाउन पनि निर्णय गरिएको छ।

सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र जनअपेक्षा अनुरूप बनाउन, सुशासन कायम गर्न तथा सार्वजनिक संस्थाहरूलाई सुदृढ बनाउने विषयमा पनि बैठकले निर्देशन दिएको छ।

बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायब महानिरीक्षक ओम बहादुर राना, महाशाखा प्रमुख कोमल प्रसाद ओझा, नेपाली सेनाका उपरथी किरण केसी, सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक प्रदीप कुमार पाल, महासेनानी ईश्वर बुढाथोकी, राष्ट्रिय अनुसन्धानका सह–अनुसन्धान निर्देशक नगेन्द्र प्रसाद दाहाल, र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव नवराज ओझा लगायतको उपस्थिति रहेको थियो।