काठमाडौँ । इजरायलमा हमासको आक्रमणपछि कब्जामा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज काठमाडौँ ल्याइँदैछ। दिउँसो साढे २ बजे फ्लाई दुबईमार्फत उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ।
जोशीको शव काठमाडौँ आइपुगेपछि प्रधानमन्त्री सुशीला कार्कीले विमानस्थलमै पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ ।
विमानस्थलमा श्रद्धाञ्जलीपछि शवलाई नेपाली सेनाको विमानमार्फत धनगढी हुँदै एयर एम्बुलेन्सबाट महेन्द्रनगर लैजाने तयारी छ।
गत वर्ष ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आकस्मिक आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
सोही आक्रमणपछि हमासको कब्जामा परेका विपिन जोशीको पनि निधन भएको पुष्टि भएको थियो।







