२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुटिएका हतियार गृहमन्त्री अर्यालले नै लुकाएको काँग्रेस नेता शाहीको आरोप

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाहीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार गृहमन्त्री ओमप्रकाश अर्यालले नै लुकाएको आरोप लगाएका छन् ।

गृहमन्त्रीले लुटिएका हतियार र भागेका कैदी बन्दी प्रयोग नगर्ने भनी राजनीतिक दलबाट प्रतिबद्धता आउनुपर्ने अभिव्यक्ति दिएको आपत्ति जनाउँदै शाहीले यो आरोप लगाएका हुन् । उनले गृहमन्त्री अफवाह फैलाउने र सत्ता लम्ब्याउने चालबाजीमा रहेको दाबी गरेका छन् ।

शाहीले वक्तव्य जारी गर्दै भनेका छन्, ‘लुटिएका हतियार ओमप्रकाश अर्यालले नै लुकाएको आशंका उत्पन्न भएको छ। जेनजी आन्दोलनका क्रममा अराजक र उग्र अभिव्यक्ति दिएर युवालाई भड्काउने र आगजनी गर्न उक्साउने व्यक्ति नै गृहमन्त्री बन्नु र लुटिएका हतियार राजनीतिक दलले जिम्मा लिनुपर्छ भन्ने अफवाह फैलाउनुले यो आशंका बलियो बनाएको छ।’

गृहमन्त्रीले बारम्बार आफैँ अराजक अभिव्यक्ति दिँदै, हिंसा भड्काउने र समाजलाई उत्तेजित पार्ने खालका भाषण गरेर निर्वाचनको वातावरण बिगारिरहेको आरोप उनले लगाएका छन् ।

गृहमन्त्रीको महत्त्वपूर्ण जिम्मेवारीमा बसेर आधिकारिक सूचनाबिना मान्छे भड्काउने हिसाबले नेताहरू भागे भनेर भ्रामक अभिव्यक्ति दिइरहेको आरोप उनको छ ।