२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दीपावलीले सत्य, न्याय र सदाचारको मार्गमा अघि बढ्ने प्रेरणा दिओस्’ : पूर्वराष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

सोमबार जारी सन्देशमार्फत उनले नेपालीहरूको महान् पर्व तिहार पर्वले प्रकृति, मानव जीवन र प्राणी जगतबीचको आत्मीय सम्बन्धलाई उजागर गर्ने तथा दिदीबहिनी र दाजुभाइबीचको आपसी स्नेहलाई अझ गाढा बनाउने परम्परा रहेको बताएकी छन् ।

उनले तिहारसँग अभिन्न रूपमा जोडिएको देउसी-भैलोको परम्परा नेपाली मौलिक संस्कृति भएको उल्लेख गर्दै यसले समाजमा एकता र भाइचारा सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।

‘देउसी-भैलोबाट संकलित कोषलाई सामुदायिक तथा सामाजिक कार्यमा लगाउने जस्तो असल परम्परालाई हामीले संरक्षण गर्नुपर्छ,’ सन्देशमा भनिएको छ ।

भण्डारीले तिहार मनाउँदा अनावश्यक खर्च, तडकभडक र अशिष्ट व्यवहारबाट टाढा रहँदै मितव्ययी र संयमित ढङ्गले पर्व मनाउन सबैलाई आग्रह गरेकी छन् ।

उनले देश अहिले जटिल परिस्थितिबाट गुज्रिरहेको जनाउँदै तिहारले आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् ।

‘हामीबीच रहेका कुनै पनि मतभेदलाई शान्तिपूर्ण संवाद, सहकार्य र जनअभिमतका माध्यमबाट समाधान खोज्न प्रेरणा मिलोस्’ पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन् ।

उनले दीपावलीको उज्यालोले सबै नेपालीलाई सत्य, न्याय, सदाचार र मानवीय मूल्यहरूको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।