२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ लाखले लगाए हैजाविरुद्ध खोप

अ+ अ-

काठमाडौँ। बारा र पर्सामा ८ लाखले हैजाविरुद्ध खोप लगाएका छन्। हैजा संक्रमण तीव्र भएपछि सरकारले २६ असोजदेखि बारा र पर्सामा खोप अभियान सुरु गरेको थियो।

१० दिनमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले खोप खाएको परिवारको कल्याण महाशाखाले जनाएको छ।

६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो। त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ।

सरकारले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइरहेको छ।

बारा र पर्सामा गरी कुल १० लाख १८ हजार खोप दिइने लक्ष्य छ। हालसम्म ८५ प्रतिशतले खोप लिएका छन्। मुखबाट खुवाइने इयूभिकोल-एस खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो।

नेपालको नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भएको छ। यसको एक मात्रै दिइने छ। यसभन्दा अगाडि पनि काठमाडौँ उपत्यका र कपिलवस्तुमा हैजाविरुद्धको खोप दिइएको थियो।

विज्ञका अनुसार खोप खुवाएको दुई सातापछि खोपको प्रभावकारिता ८२ प्रतिशत देखिएको छ। यो खोप एक वर्ष भन्दा कम उमेरका बालबालिकाले खानु हुँदैन।

ज्वरो आइरहेको, झाडापखाला भएको वा कुनै सिकिस्त बिरामी भएको अवस्थामा खोप दिन हुँदैन। तर निको भएपछि खोप दिनुपर्छ।

विगतमा खोप खुवाउँदा वा खोपमा भएको कुनै तत्त्वको कारणले रियाक्सन भएको भए स्वास्थ्यकर्मीको वा चिकित्सकको परामर्शपछि मात्र खोप दिन सकिन्छ।

सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्था र अस्पताल, विद्यालय, कलेज तथा अन्य शिक्षण संस्था, नियमित खोप सेवा सञ्चालन गर्न बाह्य खोप केन्द्र, मन्दिर, मजिस्द, बसपार्क, नेपाल भारतको सिमानाका मुख्य नाका र उद्योग, कारखाना, इटाभट्टा जस्ता अन्य स्थानहरू खोप केन्द्र राखिएको छ।

हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ। विज्ञका अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ।

हैजाको जीवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षण मात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ।

जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ। महाशाखाका प्रमुख डा। विवेककुमार लालका अनुसार खोप उपचारको विकल्प होइन, तर प्रकोप नियन्त्रणमा सहयोगी भूमिका मात्रै खेल्नेछ।

तर, हैजा नियन्त्रणका लागि सरसफाइ नै पहिलो उपाय हो। हैजा विरुद्धको खोप खाइसकेपछि पनि हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, स्वच्छ खाना खाने, शैलाचालयमा मात्रै दिसा-पिसाब गर्ने, साबुन पानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपनाउनुपर्ने उनी बताउँछन्।