काठमाडौँ । प्रहरीले सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।
थाइल्यान्डको बैकंकबाट थाईलायन एयरको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
करिब ४५ वर्षीय ती भारतीय पुरुषले मलद्वारमा प्लाष्टिमा राखेर करिब ९० ग्राम सुन ल्याएको प्रहरीले जनाएको छ।
उक्त सुन बरामद गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।







