२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्रिय सरोकारका विषयमा विचार-विमर्श गर्दै समाधान खोज्ने प्रयास गर्नुपर्छ’: उपाध्यक्ष घिमिरे

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले वर्तमान राष्ट्रिय र राजनीतिक परिस्थितिमा राष्ट्रियसभाको बैठक शीघ्र आह्वान गरी राष्ट्रिय सरोकारका विषयमा विचार-विमर्श, सहमति र समाधान खोज्ने प्रयास गर्नुपर्ने आवश्यकता औँल्याएकी छिन् ।

नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार) २०८२ तथा नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाप्रति सुख, शान्ति, समृद्धि र सुरवारध्यको हार्दिक शुभकामना व्यक्त गर्दै सो आवश्यकता औँल्याएकी हुन् ।

उनले भनिन् “जनआवाजलाई प्रभावकारी बनाउन, नीति निर्माण र सरकारका कार्यमा संसदीय अनुगमन सुदृढ गर्न राष्ट्रियसभाको सक्रियता अझ बढ्नुपर्छ भन्ने विश्वास लिन्छु ।”

नेपाल सम्वत् ११४६ को आगमनले हाम्री मौलिक ऐतिहासिक परम्पराको स्मरण गराउने उनको भनाइ छ । राष्ट्रिय विभूति शंखधर सा:ख्वाले लिच्छवीकालीन राजा राघवदेवको समयमा गरिब र किसानलाई ऋणमुक्त गराई प्रचलनमा ल्याएको नेपाल संवत् हाम्रो मौलिक राष्ट्रिय सम्वत् भएको उनले उल्लेख गरिन् । 

विशेष गरी काठमाडौँ, भक्तपुर, ललितपुर तथा नेवार समुदायको बाहुल्यता भएका क्षेत्रमा भव्यतापूर्वक मनाइने यो सम्वत्ले केवल इतिहासलाई मात्र होइन, सामाजिक न्याय र समानताको मूल्पलाई पनि बलियो बनाउने काम गरेको छ । उनले उनले भनिन्, “नेपालको बहुल संस्कृतिमा आधारित चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वलाई मजबुत बनाएका छन्, चाडपर्वहरू हाम्रो पहिचान, ऐक्यबद्धता र साझा मूल्यलाई जगाउने माध्यम बनेका छन् ।”

संविधानले निर्दिष्ट गरेको संसदीय शासन प्रणालीमा संसद राष्ट्रको सर्वोच्च नीति निर्माण निकायका रूपमा स्थापित गरेको उनको भनाइ छ । त्यसको स्थायित्व र गरिमा जोगाउन राष्ट्रियसभाको भूमिका अत्यन्त महत्त्वपूर्ण र  राष्ट्रिय सभाले विधायन, नीतिगत सुझाव, तथा संचीप मूल्य र मान्यताहरूको शुद्धीकरणमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उपाध्यक्ष घिमिरे उल्लेख गरेकी छन् ।