काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको तिहारको भाइटीकामा आफ्नी बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट टीका ग्रहण गरेका छन् ।
राष्ट्रपति पौडेलले आज (सोमबार) बिहान ११:३९ बजेको शुभसाइतमा राष्ट्रपति भवन शीतलनिवासमा टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेट निर्धारण गरेको थियो। समितिका अनुसार, उत्तम साइत तोकिए पनि दिनभर टीका लगाउन सकिने व्यवस्था छ।

यमपञ्चकको अन्तिम दिन भाइटीका पर्वमा दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु र समृद्धिको कामना गर्दै टीका लगाइदिन्छन्, र दाजुभाइहरूले पनि स्नेहका प्रतीकका रूपमा दिदीबहिनीहरूलाई टीका र उपहार प्रदान गर्छन्।







