२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

अ+ अ-

पर्वत । खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको कारोबारबाट रु ६५ करोड ३० लाख बढी भित्रिएको छ । मुख्य छवटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१/८२ मा सो परिमाणको कारोबार भएको हो । 

कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार आलु, धान, अलैँची, तरकारीबाली, मकै र सुन्तलाजात फलफूलको बिक्रीबाट जिल्लाभरका कृषकले उक्त कारोबार गरेका हुन् । जिल्लामा मुख्यतया आलु र सुन्तलाको बढी कारोबार हुने गर्दछ । धान, मौसमी तथा बेमौसमी तरकारी, अलैँची र मकै तथा काँक्रोको मूल बीउ समेत उत्पादन गरी बिक्री गरिँदै आएको छ । गत आर्थिक वर्षमा जिल्लामा खाद्यान्न बाली ७२ हजार ९५० मेट्रिक टन उत्पादन भएको थियो । मकै ३३ हजार १२० मेट्रिक टन, गहुँ पाँच हजार २२० मेट्रिक टन उत्पादन भएको छ । 

प्रमुख अधिकारीका अनुसार जौ ५४ मेट्रिक टन, फापर एक सय मेट्रिक टन, कोदो सात हजार ८५० मेट्रिक टन र दलहनबाली ५२७ मेट्रिक टन उत्पादन भएको थियो । जिल्लाभर तेलहनबाली ३६२ मेट्रिक टन, आलु २० हजार ३३० मेट्रिक टन, तरकारी १२ हजार ६१० मेट्रिक टन र सुन्तला चार हजार १५ मेट्रिक टन उत्पादन भएको प्रमुख अधिकारीले बताए । 

जिल्लामा सुन्तलासहित अन्य जातका फलफूहरु गत आर्थिक वर्षमा १३ हजार ३०७ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । आलुबाट गत आर्थिक वर्षमा रु सात करोड ७३ लाख, बीउ तथा तरकारीबाट रु करोड ११ करोड, सुन्तलाबाट रु २४ करोड ८४ लाख, मौरीको महबाट रु चार करोड ५० लाख र अलैँचीबाट रु एक करोड ८१ लाख रकम भित्रिएको छ । कृषकलाई हरेक कार्यक्रममा ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गरिएको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा रु चार करोडभन्दा बढी अनुदान वितरण गरेको जनाएको छ । 

केन्द्रले गत वर्ष २०३ वटा मिनिपावरटिलर, २५ वटा कुटानी–पिसानी मिल, ४१ वटा स्पे्रयर, पाँचवटा ब्रसकटर वितरण गरेको छ । यस्तै सिँचाइका लागि पाँच हजार ९३५ मिटर लामो पाइप, ७०० वटा हिलट्याङ्क र ३६७ मिटर लामो कुलो मर्मतका लागि समेत अनुदान वितरण गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । गण्डकी प्रदेशअन्तर्गतको उक्त कार्यालयमा चालु आर्थिक वर्षका लागि रु पाँच करोड ६४ लाख बजेट विनियोजन भएको छ भने संघ ससर्ततर्फ रु २१ लाख ४३ हजार विनियोजन भएको कार्यालयले जनाएको छ ।