२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोमाहक मिसाइल आक्रमण भए जवाफ दिनेछौँ र तेलको मूल्य बढ्छ भन्दै ट्रम्पलाई पुटिनले फकाए जवाफ

अ+ अ-

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमाथि अमेरिकी टोमाहक मिसाइलबाट हमला भए त्यसको कडा जवाफ दिइने बताएका छन्।

अमेरिकाले रुसका दुई ठुला तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाएपछि पुटिनले बिहीबार प्रतिक्रिया दिएका हुन् । अमेरिकाले युक्रेनलाई टोमाहक मिसाइल दिनेबारे छलफल अगाडि बढाएको छ ।

ट्रम्प पुटिनमाथि विभिन्न दबाब दिएर युक्रेन युद्ध अन्त्य गर्न चाहन्छन् ।

अमेरिकाले पुटिनसँग वार्ता टरेको भन्दै रुसी तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको हो । तर पुटिन भने वार्ताका लागि पनि तयार देखिएका छन्।

उनले भने, ‘टकराव वा कुनै पनि विवादमा वार्ता सधैँ राम्रो हुन्छ। हामीले सधैँ वार्ता जारी राख्नुपर्छ भन्ने कुरालाई समर्थन गर्दै आएका छौँ।’

अक्टोबर २२ मा ट्रम्प-पुटिनबीचको प्रस्तावित बैठक रद्द भएपछि अमेरिकाले रुसका दुई ठुला तेल कम्पनीहरू रोसनेफ्ट र लूकोइलमाथि प्रतिबन्ध लगाएको थियो। यसको उद्देश्य रूसलाई युद्धमा मिलिरहेको आर्थिक सहयोग रोक्नु रहेको अमेरिकी पक्षले प्रष्ट पारेको छ ।

पुटिनले ट्रम्पको यस कदमको आलोचना गर्दै सम्बन्ध बिग्रिएको बताएका छन्। ट्रम्पले आफ्नो कार्यकालको सुरुमा रुससँग राम्रो सम्बन्ध बनाउन चाहेका थिए, तर युक्रेन युद्धमा बारम्बार युद्धविराम गर्न अस्वीकार गरेपछि उनी पुटिनसँग असन्तुष्ट थिए।

पुटिनले रुसी तेलमा प्रतिबन्ध लागे यसको मूल्य बढ्ने बताएका छन् । ‘रुसी तेलमा प्रतिबन्ध लगाउँदा आपूर्ति कम हुनेछ, जसले तेलको मूल्य बढ्नेछ’ उनले भने, ‘मैले ट्रम्पसँग यस विषयमा कुरा गरेको थिएँ। यसबाट रुसमा मात्र होइन, अमेरिका र विश्वभर नै तेल महँगो हुन सक्छ।’