२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को सचिवालयले भन्यो : ‘पार्टी एकताबारे टुंगो लागिसकेको छैन’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी एकताबारे विभिन्न पार्टीसँग बृहत् छलफल भए पनि कुनै पनि दलसँग एकता गर्नेलगायतका विषयमा अन्तिम निर्णय र टुंगो लाग्न बाँकी रहेको जनाएको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भनेको छ, “इतिहासको सोही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेकाले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौँ ।”

सचिवालयले आज विज्ञप्ति जारी गरी पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकताबमोजिम समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरूबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा साङ्गठनिक विषयहरूमा घनिभूत छलफल जारी रहेको जनाएको छ ।

सचिवालयले भनेको छ, “यद्यपि कुनै पनि दलसँग एकता गर्नेलगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको छैन, विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति र संघर्षहरूलाई रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य सर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर छ ।”