२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चञ्चलाको ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’ विमोचन

अ+ अ-

वीरगञ्ज । लेखिका चञ्चलाको  राजद्वारा लिखित मिथिलामा विवाह परम्परासम्बन्धी पुस्तक ‘मिथिला में विवाह संस्कारक विशिष्ट परम्परा’ विमोचन गरिएको छ ।

आज आयोजित एक कार्यक्रममा पूर्व मन्त्री लक्ष्मणलाल कर्णलगायतले सामूहिक रूपमा पुस्तक विमोचन गरेका हुन् । त्यस अवसरमा पूर्व मन्त्री कर्णले मिथिला विवाह परम्पराबारे लेखिएको यो पुस्तक आउँदो पुस्ताका लागि महत्त्वपूर्ण सन्दर्भ ग्रन्थ हुने बताए । 

मिथिला क्षेत्रमा विवाहसम्बन्धी रीतिरिवाजबारे धेरै पुस्तक भए पनि केटा पक्ष र केटी पक्षबीच विवाहको कुराकानी सुरु भएको दिनदेखि चार दिनसम्म हुने परम्पराबारे र बिदाइपछि केटा पक्षको घरमा चल्ने रीतिरिवाजबारे विस्तारपूर्वक लेखिएकाले विमोचित पुस्तक महत्त्वपूर्ण रहेको धारणा राखे ।

लेखिका राजले मिथिलामा हुने विशिष्ट विवाह परम्पराबारे सूक्ष्म अध्ययन गरेर यसको सामाजिक र वैज्ञानिक पक्षबारे जानकारी दिने आफ्नो उद्देश्यसहित पुस्तक लेखेको बताए । उनले पाँच वर्ष लगाएर लेखिएको पुस्तक आगामी दिनमा मिथिला क्षेत्रमा हुने विवाह समारोहका लागि पनि महत्त्वपूर्ण सामग्री हुने विश्वास व्यक्त गरे । 

पुस्तकको भूमिका मैथिलिकी प्रसिद्ध साहित्यकार र भारत सरकारको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीबाट सम्मानित साहित्यकार डा. शेफालिका बर्माले लेखेका छन् ।

पुस्तक विमोचन समारोहमा मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, लेखक तथा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेश लाठ, चित्रगुप्त समिति पर्साका अध्यक्ष महेश दासलगायतको उपस्थिति रहेको थियो ।