काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको आगजनी घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगको सचिवालय नेतृत्वमा फेरबदल गरेको छ।
गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगको सचिवालयको नेतृत्व गरिरहेका सहसचिव गोगनबहादुर हमाललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर पठाएसँगै उनको स्थानमा बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई सरुवा गरी आयोगको सचिवालयको नेतृत्व गर्ने जिम्मेवारी तोकिएको छ।
जाँचबुझ आयोगको सचिवालयमा सरकारले एक जना सहसचिव र एक जना उपसचिव काजका लागि खटाएको छ। साथै, छानबिन कार्यमा सहयोग पुर्याउन प्रहरी र सरकारी वकिल समूहका कर्मचारीहरू पनि संलग्न रहेका छन्।







