काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज मंगलवार बिहान काठमाडौँ उपत्यका र तराई-मधेशका विभिन्न जिल्लालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो । छठी माता र सूर्यको पूजा गर्नाले सुख, शान्ति, समृद्धि, दीर्घायु साथै छालाको रोग हट्ने धार्मिक मान्यता रहेको छ ।
तस्बिरमा हेर्नुस् काठमाडौँ उपत्यका र तराई-मधेशका विभिन्न जिल्लालगायत श्रद्धालुहरू उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन गर्दै:













